म के र खौँ ??

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

कुइनेटोमा मेरो सानो घर यहाँ के राखौ ?
दोधारको मझ धारमा अव यहाँ के राखौ ?

आमाको रङ्गिन पछौरिको आँचल भित्र
पुर्खाको नाउ राखौ कि छिमेकीको दाउ राखौ ?

इमानिको थोरै कमाइमा सन्तानको सपना छ
बड्दो बजर भाउ या साहुको असुल्ने दाउ राखौ ?

 

सोह्र सृङारको बिचित्र चित्रमा नारी चित्र चरित्र छ
सस्कृती संस्कारको नाउ या परदेसी हाउभाउ राखौ?

अस्त ब्यस्त र भड्किलो सन्सार देख्दा लाग्छ
सन्ततिको लागि खोइ काहा खाली ठाउँ राखौ?

यो मुटु पनि सानो रहेछ के अटाउ तिमी नै भन
तिम्रो याद राखौ कि चर्याइरहने घाउ राखौ ?

उपहारमा दुर्इ मुक्तकः
खै कहाँ नारीलार्इ जीवन रहरको दियौ ?
जीवन एक बार पल पल जहरको दियौ,
जतासुकै जाल छ काँडे तारको पर्खाल छ
किन हरि हरेक पाइला डरै डरको दियौ ?

हिजो आज निद हरायो,अन्तै डेरा सर्‍यो कि त ?
बेचैनी भै भौतारिदा भङालोमा पर्‍यो कि त?
निरास हुँदै शान्ती छैन भन्थ्यो अस्ति सपनिमा
मनको बेगले छाल हान्दा आँखा बाट झर्‍यो कि त?

रमा खतिवडा
नयाँबजार पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.