गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

नेपालमा कोलाहल र निकै चमत्कार भयो
बृध्दा अनि बालिका नभनी बलत्कार भयो ।

भत्ता जोगाउने खेलमै छ संषद भवन
जनताको पिडा नै नदेख्ने सरकार भयो ।

असुरक्षित कञ्चनपुर घोषणा हुदै गर्दा
पोखरामा पनि सुरक्षा कै हा–हाकार भयो ।

 

सुरक्षा माग गर्दै अघि बढेको जमातको
सुरक्षा बर्दिबाटै मान्छे मार्ने संस्कार भयो ।

नारीलाई अब छैन सुरक्षा यो देशमा कतै
घर–गाउँ र गल्ली सन्त्रासको झंकार भयो ।

बिचरी खाउँखाउँ र लाउलाउँ भन्ने उमेर
बलत्कार मै मृत्यू हुँदा जिन्दगी बेकार भयो ।

बोनसमा याैटा मुक्तक
सिसा फुटे झैँ फुट्दै गयो जिन्दगी
न घर न घाटको भयो जिन्दगी
दिनसम्म धोका दियौ निष्ठुरीले
केवल आँसु बाँकी छयो जिन्दगी ।।

पार्वती खनाल अर्याल
भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.