शान्ति अधिकारी का मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

हिजो जस्तै आज ठिक्क ~कतिन्जेल पारौला र
अङ्गालोमा बेर्ने माया ~~कति पर सारौला र
हृदयमा प्रेम अग्नि ~~~ सल्काएर छाडे पछि
जानाजानी आफ्नै मुटु ~~जलाएर मारौला र ?

फर्कीआउ ए परदेशी खेतमा धान झुल्न लाग्यो
मखमली सयपत्री ~~~आँगनमा फूल्न लाग्यो
रित्तो घर भित्र सधै ~~~अभावमा रुँने मन
आज फेरि आसा बोकि रन बन डुल्न लाग्यो ।।

 

रोग सन्चो हुन्न कान्छा हुँदा बोक्सी आफै धामी
दिमागको बिरामी हो के जाँच्यौ खै नाडी छामी
पशु मनका धनी सँग ~~~माग्दैछौ कस्तो न्याय
सत्य सुन्ने कान थुन्द ~~ निस्किएला है सुनामी ।।

आईलाग्नेलाई जाईलागेर ठोक्न सिकाऊ
बनाई संयम आफ्नै शरीर छोप्न सिकाऊ
कोहि हुन्न कसैको नि सुरक्षाकै लागी खट्ने
सुन कुरा देउ हिम्मत दर्द पोख्न सिकाऊ ।।

के सुन्दैछौ के देख्दैछौ बाउ भन्नेले पनि ताक्छ
दुईटी स्वास्नी हुँदा पनि छोरी झैको पछि लाग्छ
कलि लागेकै हो कि त पुरुष मन हो बहुलाएको
घृणित अत्याचार बढ्दै गए धैर्यताले सिमा नाघ्छ ।।

जीवन रहे सम्म न हो घृणा तिरस्कार गर्ने
रिस प्रतीशोध राख्दै खुट्टा तानी प्रहार गर्ने
आखिर जाने बाटो एउटै भुल्दै अन्तिम सत्य
बाचुन्जेल कस्का लागि व्यर्थै किन हतार गर्ने ।।

हत्केलामा ज्यान लिएर हिँड्नु पर्ने भो
मनमा केही सम्झिएर हिँड्नु पर्ने भो
मीठो बोली भित्र अचेल स्वार्थ भएसी
बोलाउदा नि फन्किएर हिँड्नु पर्ने भो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.