गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल,pallawa, पल्लव

हरिप्रिया रिजाल

पवित्र हूँ म भन्थ्यो अपवित्र देखेँ
उसको मनको सारा सचित्र देखेँ ।

पुजारी हु भन्थ्यो शिकारी रहेछ
धेरै थरी नै उसको चरीत्र देखेँ ।

वास्नामय छ बाहिर अत्तर छर्केर
फैलिएको दूर्गन्ध उही मित्र देखेँ ।

 

पुरा जालन्धरी रहेछ उ पुरानै
जाल बुन्ने तरिका नै बिचित्र देखेँ ।

गर्न खोजे थेँ खेती सद्भाव को तर
विष फलेको रुख उसै भित्र देखेँ ।।

भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.