‘‘जननी’’

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

तिम्रा सधै सतकथा मनकी दुलारी ।
आमा सधै जनमको म भए दुखारी ।।
ब्यथा रहे गहभरी मन खिन्न पारी ।
आमा नपाइ जगमा म दुखी निहारी ।।
(१)
त्यो प्रेम काख जननी तन चाल सार ।
आलाप यो सकलको मन यो अपार ।।
सोचेर यो जनमको मन भावनामा ।
त्यस्तै रमेर मनले शुभ कामनामा ।।
(२)

 


बोली हँसाइ गति सफा दया सबैमा ।
आमा सधै हुन गई प्रतिरुप मन्मा ।।
मेरा सबै जनमको सतभाव राखी ।
गर्छौ सदा नमन यो सतकर्म बाकी ।।
(३)
बोलाउथी मधुर भाव गरेर सारा ।
हास्दै मनै मन सदा सहकार्य सारा ।।
हासी मनोहर छटा सित मोहिनी ले ।
मेरो सफा मन हरेर कता बिलाए ।।
(४)
कल्याण की लहरले मनकी पिपासा ।
आनन्दका मननकी जननी सुवासा ।।
देख्यो कतै मनुजले जननी सरीका ।
आमा सरी जगतमा ममता रहेका ।।
(५)
पायौकि दर्शन कतै जननी शखाकी ।
छोडी गई म त यतै घर पो गयो की ।।
आमा समेत शुख साथ रमी रहेको ।
माया छुटेछ जगमा ममता मरेको ।।
(६)
निस्भावले चरणमा मनले संभारी ।
गर्थी कुरा जनमको मन मख्ख पारी ।।
आमा जिका चरणका रजले फुलेको ।
रम्दै म ता अरु संगै मदमा झुलेको ।।
(७)
हेरौ कता अब यहाँ मन हल्लिदै छ ।
सोधै कतै अव भने तन बल्झिदै छ ।।
पक्कै यता मनुजले करले हिलेको ।
रोमाञ्चको रस महाँ सुखमा झुमेको ।।
(८)
हेरेर निश्चय गरे पदका निसाना ।
आमा भई जगतमै सवकी बिराना ।।
जस्का थिएँ कमल काख सदा लुकेको ।
आजै भएँ जनम साथ शिरै झुकेको ।।
(९)
हेरेर ती चरण पाद तिनै पछाई ।
बाकी अगाडि तिर वाल परे बिचारी ।।
देखे कुनै युवतिको मन खोज चाहे ।
झस्केर मातुल भनी म त भन्न लागे ।।
(१०)

आमा जि साथ जगमा पद छाप पाएँ ।
हामी समस्त जनका मुटुमा बिजाएँ ।।
छोडी सबै जन यहाँ ममता लगेको ।
संन्तानमा अधरको रस पो दिएँको ।।
(११)
देखिन्न खोज जननी अव हेर आली ।
छोडी गई वनचरी पिजरा छ खाली ।।
मामा घरै छ जननी मनले पुकारी ।
आमा उतै तिर लगेकि परोपकारी ।।
(१२)
हेरौ यता चरण छाप गडी बसेका ।
बोकी यमै कन लगेकी तनै धसेका ।।
लासै भिरी विमल बाहु बलै चलेका ।
यस्तै रहेछ जगयो वलले भिरेका ।।
(१३)
यो ठाउँमा सहचरी भुईमा बिसाए ।
संन्तानले चरणमा यि सपुष्प झारे ।।
सारा यहाँ जगतको पद भार छाडे ।
आमा सधै जनमको विमुग्ध पारे ।।
(१४)
हेदै थिएँ बिबिध सुन्दर कल्पनामा ।
निश्तेज भो तन यहाँ वनका कुनामा ।।
बाबा सवै समनलाई कता लगेका ।
थाकेर बालक यहाँ सकमा परेका ।।
(१५)
खोज्दै गएर जननी नदि तीर हेरी ।
वालाहरु अलिक दूर पुगे हतारी ।।
देखे तहाँ विपिनमा तनको खरानी ।
आमाजिका विरहमा निसुरी परानी ।।
(१६)
मन्ले भनी जव कुरा सहसा भएरै ।
माया र काख जननी अब यो छुटेरै ।।
आमा भनी जगतमा अब छौन सारा ।
जानेर विस्मित भएँ मनको पुकारा ।।
(१७)
माता जिका चरणमा मन यो रमाई ।
उन्कै गरे स्मरण चिन्तन औ बडाई ।।
आनन्द साथ जगमा जननी पुकारी ।।
गायी रहौ गृह शरीर सबै बिसारी ।।
(१८)

छन्दः वसन्ततिलका
त भ ज ज गु गु
SSI SII ISI ISI S S
लक्ष्मी दत्त भट्ट “ सत्यप्रेमी ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.