फरक व्यवहार !!

Gita, Adhikari, Paebat, गीता अधिकारी, pallawa, पल्लव

गीता अधिकारी

आफ्नो माया नगरेरै ठगिएका नारी ,
व्यबहारमा पनि नारीपुरुष छैनौं बराबरी

काममा पनि ज्यालाफरक पुरुषमहिलाको,
रुढीबादी चलन कत्ति हटेन पहिलाको !

साहसको प्रतीक हो नि रातो रंग तर,
जन्मैदेखी लगाएको किन खोसिन्छ र ??

 

टिठलाग्दा नारीकठै पुरुष प्रधान देशमा,
कामकती दुःख अति मेसिनकै भेषमा !

पुरुषले गल्ती गरेपनि सजाय भोग्ने नारी
पितृसत्ता चलेको देशमा आसा कठैबरि !

नारी भर्इ नारिकोनै शत्रु बन्छौँ कोही त,
अधिकारका कुरागर्दा जिम्मेवारी खोइ त ??

जवसम्म नारी आफैँ सचेत बनिदैन,
अधिकार लौ भनेर दिने ईश्वर छैन !

अरुलार्इ त के दोष दिनु हामी नै उस्तैछौँ,
मुखले जति भनेता पनि गतिमा सुस्तै छौँ !!

पर्वत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.