गजल

आफ्नो भएर नि आफ्नो भन्न नपाउने मन छ नारीको
आफूलार्इ हटार्इ उहाँको भन्नु पर्ने जिवन छ नारीको ।

तै पनि मुस्कुराउँदै जिउन सहजै सक्छिन सदैव नारी
शहनशिलता अनि शुशिलता यही ठुलो धन छ नारीको ।

कैले वावा दाजु पति र सन्तानको लागि जिउन सक्छिन
उहाँकै स्वार्थ पुर्तीका लागि सुम्पनु पर्ने तन छ नारीको ।

 

कहिलेकाहीँ अत्याचारले सिमा नाघेर नै पोखिँदा पनि
आफ्ना सबै पीडा लुकार्इ हाँस्ने रहन–सहन छ नारीको ।

जीवनभरी निस्वार्थ भावले आफ्नो घर सम्हाल्छिन नारी
सदैव अरुकै लागि मुस्कुराउने आफ्नो पन छ नारीको ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.