ऋषिराम खनाल का केही मुक्तकहरूः

Rishiram, Khanal, ऋषिराम खनाल, pallawa, पल्लव

ऋषिराम खनाल

एता हात समाउदा उता अर्को साथ छुट्यो
रगतको सम्बन्धमा गाँसिएको नाता टुट्यो
एता नाता पराइभयो उता झनै टाढा टाढा
जीवननै सिसाजस्तो झराम झुरुम फुट्यो।

अटस मटस छोटो कस्सिएकोछ चोलो
हृदय सब पगाल्ने पुष्टछन् जो मिलेको
नजिक नजिक सर्दा दूर देख्नेछ नौलो
मधुरवचन बोल्ने सोभिताछन् अनौठो।

 

फरक फरक देख्ने दृष्टिले देख्छ नौलो
अजर अमर भन्दा देखियो के सुनौलो
नजिक नजिक सर्दा भेटियो वा उदायो
तनमन सब एक्कै यो थियो के अनौठो ।

अनुष्टुप् छन्दमा,
छन्छन् छन्छन् चुराबज्दा घरैहुनेछ शोभित
जस्तो कल्कल् नदीबग्दा आनन्दतुल्य बन्दछ
वाणि मधुर वा लज्जा स्वभाव जोछ जान्दछ
सावित्री सत्य यी हुन्छन् नारी जगतका जुन ।

यहाँ बाँच्न मान्छे कुराले पचाउँछन्
महा दोष लागे यिनैले बचाउँछन्
जमाना चलेको छ उल्टो हिंडेको
यिनैले जहाँसम्म धूलो चटाउँछन् ।

यौटा र्इच्छा यस रहरका टापुमा मन् बसाल्दा
झेल्दै खेप्दै भिर र पहरा चढ्न खोज्ने इरादा
थिच्ने दाब्ने अनबरतछन् यी यहाँका अबस्था
र्इच्छा सारा बिचलित भए ब्यार्थ बन्दैछ बाधा ।

झाडीभित्र टुसाएको तामाजस्तो भएँ मत
बालखुले लगाएको जामाजस्तो भएँ मत
हिमालमा पहाडमा तराईमा खचाखच
गैरिखेत पसाएको सामाजस्तो भएँ मत ।

तारा चम्के झलल रविझैं तेजिला ती हुँदैनन्
मान्छे गम्के हरर सजिलै यी चुलीमा छुदैनन् ।
जालो फेर्ने रवि किरण हुन् चन्द्र्हुन् सृष्टि यी हुन्
जालो घेर्ने यस सकलमा छन् यहाँ छन् ज्यूँदै छन् ।

मधुर वचन बोल्दा कान्तिले ह्रास छर्छन्
युगयुग जनबाँच्ने सासको आश बड्छन्
कपट वचन बोल्दा सृष्टिमा घात पर्छन्
नव नव धरणीमा कोपिला फूल मर्छन् ।

मधुर बचन तिम्रा बात यी बुझ्न गाह्रो
नरम नरम तिम्रा हात ती बुझ्न गाह्रो
जतिजति पर हुन्छौ त्यत्तिनै लाग्छ मांया
अलमल मन तिम्रा खास बुझ्न गार्हो ।।

चोरमारा, नवलपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.