तिलाञ्जली निर्मला. . . . .

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल अज्ञानी

आऊ हे मनका धनी जनहरू भाला उठाई तिमी
बाची होस गुमाउने मगजका सातो उडाऊ तिमी
यी पापी नभई हठात पशुका जिऊने हरू
खोक्रा भाषणमा भुलाइ जनता भुतुक्क मार्नेहरू

नाभीमा इनका बुटी जिवनका राखी छुपाई कती?
काच्चै खान्छ चरी निमोठी बीचरी छाला चिथोरी कती?
साच्चै मानव यी थिए त कसरी आक्रान्त सारा भयो
आफ्नै दानव मीतले चरचरी काटी रूवाई दियो ।

 

ऊही रूप छ दानवी मनहरू क्रोधी बघीनी सरी
छोडी लाज समाजको नरपशू बेताल नाछे सरी
छेकी खेत नजीकको बगरमा खूडा चलाई हरे
लूटी लाज कठै कुरूप हरुले बिनास लीला गरे

छातीमा लपटा धसेर बिचरी प्यारी सखी नीर्मला
ताने प्राण कठै चुसेर बलले फ्याकेर आए बरा
लाऊने मनमा थियो रहर लौ पाषाण पारी दियो
माताको ममता बिछिप्त हुनगो बेहोश पारी दियो

थाले स्यालहरू चुहाई रस लौ बेताल चिच्याउने
खोस्रीदै पदले कती सठहरू रूदै किर्ती गाउने
फोस्रा आँसु बगाउने छलिकती ब्वासा हरू ता कती
घेरा बादरको बनाइ कुरुवा राख्ने हजारौं मती

राजाका घरमा बसेर जसरी भार्दार साढा भए
कुर्सी का मदमा चढेर प्रहरी बेखौप छाडा भए
आफ्नाका छलमा परेर जसरी फालीदिए धापमा
लेप्रे ओठ चलाउने हरू खुनी सेक्ने कटी रापमा

मार्ने क्रूर भयो पिचास जसरी मारेर गै गो तर
राक्षसी मन त्यो किनार कसरी तारेर लैयो पर
हाकीमी जनका बिकार कसरी राजा भए देशमा
न्याय पार गयो प्रजा सब भए गूलाम को यो देशमा

लाजै छैन अहो प्रशासन कता आकाश पातालमा
थाहै छैन कठै सर्कार कसरी पालीन्छ नेपालमा
मार्ने बिप्रहरू चलाइ कटुवा हाकीम् र नेताहरू
कोपीला घरका चुडाइ बनमा फ्याक्ने त केटाहरू

ढाक्दै दोष बचाउने नरपशू मास्ने कलीला मणी
मातेका मदले डकार नगरी खादो छ लासै पनी
फाटेका मनमा बिराज सुमुखी हे नीर्मला माथमा
तीम्रा साथ सदा छ यो जगतमा तीलान्जलि हातमा

छन्दः शार्दुलविक्रीडितम
शम्भु गजुरेल अज्ञानी
बेलकोट गढी– ९, नलगाउ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.