हरिप्रिया रिजाल का जोर गजल

Hari, Priya, Rijal, हरिप्रिया रिजाल, pallawa, पल्लव

हरिप्रिया रिजाल

गजल– १, 
थोरै चोट लाग्दा पनि रुन मन लाग्छ
थोरै दाग लाग्दा पनि धुन मन लाग्छ ।

पीडानै पीडामा मन तडपिएको बेला
छुन पाए आकाशको जून मन लाग्छ ।

चाहान्छु म खुसीहरू सबैलाई बाड्न
दु:ख – पीडा सबै लुकाउन मन लाग्छ ।

 

गल्ती केही नहुदानी दोषहरू लगाउँदा
कसम खाँदै भगवान छुन मन लाग्छ ।

अग्नी परिक्षा लिनेको आँखा अगाडि नै
आग्नी भित्र बसी अटल हुन मन लाग्छ ।।

गजल– २,
एउटै घर छ ढोका धेरै छन
बिश्वास भन्दा धोका धेरै छ्न।

बलियो छ गाठो फुकाउ कसरी
मनमा वेदनाका पोका धेरै छन।

फुकाइ हाले पनि छरलिन्छ फेरि
यहाँ चुहुने मात्र डोका धेरै छ्न।

सबै सबै दबाए पैताला मुनि तर
घोचेर उठेका फोका धेरै छन।

कहिले होलार खै समृद्ध नेपाल
अघाउने भन्दा भोका धेरै छ्न।।

हरिप्रिया रिजाल, भरतपुर, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.