नारायण सिल्वाल ‘विन्दास’ का केही मुक्तकहरूः

Narayan, Silwal, bindash, नारायण सिल्वाल ‘विन्दास’, pallawa, पल्लव

नारायण सिल्वाल ‘विन्दास’

बिना अपराध नसेरियोस कोही
निर्दोष कात्रोमा नवेरियोस कोही
धन दौलतको बलबुत्ताले यो शहरमा
दिन दाहाडै अपराधि नफेरियोस कोही

सोझो औँलालाई घिउले पनि हेप्छ
बुढेशकालमा आफ्नै बिउले पनि हेप्छ
आफ्नै घरको आँगन हुन्छ परदेश जस्तै
रोगि भएपछि आफ्नै जिउले पनि हेप्छ ।

 

काठमाण्डौँको सडकका खाल्टाखुल्टी भर्द‌ैछ सरकार
दुर्गन्ध हटाउन शहरभरी अतर छर्दैछ सरकार
विदेशी पहुना चढेको सवारीलाई ठेस लाग्लाकी भनि
दिनरात सडक चिल्लो पार्न मरिहत्ते गर्दैछ सरकार

प्र.म सँगै विदेश भ्रमण जानु पर्छ
जहाँ जहाँ गयो त्यहीँ त्यहीँ लानु पर्छ
योग्यता किन चाहियो कोटा सिस्टममा
जसरी नि सरकारी जागिर खानु पर्छ

बचाउनेहरु भन्दा मार्नेहरु धेरै छन्
भुलोक बाट परलोक सार्नेहरु धेरै छन्
दया माया हटिसक्यो देब्रेछाति बाट
जानि जानि दुर्घटना पार्नेहरू धेरै छन् ।।

नाम: नारायण सिल्वाल ‘विन्दास’
ठेगाना: गोदावरी २ ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.