लिला दाहाल अधिकारी

Lila, Dahal, Adhikari, Tandi, लिला दाहाल अधिकारी, pallawa, पल्लव

लिला दाहाल अधिकारी

(सन्दर्भ निर्मला पन्त प्रति समर्पण)
गाई मारी रहेछ कंशले हामी टुलु टुलु हेरिरहें का छौं
आमा हर साझ बिहान बलत्कार छिन् सहिरहेका छौं
कति चुप लागेर बस्छस् पत्थर त मन्दिरमा यो सब हेरेर
आऊ दुष्टको अन्त गर्न दसौं अवतार कृष्ण आत्तिरहे का छौँ ।

खुशीको वली चढाएर हासेको जिन्दगी
तनाव र हतारमा बाचेको जिन्दगी
छाती भित्र हजारै सपनाका मुर्दाहरू
लुकाएर जिउँदै मर्नु पर्ने हारेको जिन्दगी ।

 

समयले पर्खिन सिकाएको छ
लहराले मर्किन सिकाएको छ
जिन्दगी का भोगाइका मोडले
जीवन लम्किन सिकाएको छ ।

जीवनलाई उसैले सार्थक बनाउँछ
जसले जीवनलाई अवसरले सजाउँछ
जीवन त एउटा सुन्दर अपार मन्दिर हो
नबुझेर स्वयम् जीवन अपमानमा लडाउँछ ।

किन गर्छौ मायाका मात्र कुरा यहाँ
भन्छिन ल्याइदिनु हरियो चुरा यहाँ
तर खटिएको छु जनताको सेवा लागि
गर्नु छ मैले आमाको सपना पूरा यहाँ ।

खै किन हुन्छन कोही मान्छे खास यहाँ
हेर्दैमा आकर्षक बोली मा मिठास यहाँ
उसकै मात्र बिम्ब किन आउँछ यसरी
अब हुन्छ होला दुई ज्यान समास यहाँ ।

हो कुनै सम्बन्ध यहाँ क्षणिक भए
आफ्नो स्वार्थ पूरा गर्न नजिक भए
चुसे एक फुलको बासना अनि अन्त सरे
माया र प्रेम यहाँ यस्ता आधुनिक भए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.