पार्वती खनाल अर्याल का जोर गजल

‎Parbati, Khanal, Aryal‎,, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

गजल– १,
आज नै संविधान दिवस मनाउँदै छन् अरे
न्याय विना जनता बिरोध जनाउँदै छन् अरे ।

किन! सर्कार यो घटना जालजेल गर्न खोज्छ?
त्यही दोषी उम्काउने योजना बनाउँदै छन् अरे ।

फर्किए निर्मलाका बाबा आमा कन्चनपुर तिरै,
न्याय माग्दै कन्चनपुरमा राँको जलाउँदै छन् अरे।

 

प्रधानमन्त्री बोले अरे संषदभवन भित्रैबाट ,
पीडितहरूमा सान्त्वनाको फल फलाउँदै छन् अरे ।

यो घटनाबाट हामी चिन्तित छौँ सरकार भन्दै,
विरोधमा उत्रिएका दशौँलाख जन गलाउँदै छन् अरे ।

हजारौं सबुत प्रमाणहरू हुँदाहुँदै फेरि पनि,
छान विन टोलि घटनातर्फ खटाउँदै छन् अरे ।।

गजल– २,
पीडा पर्यो निकै ठूलो रून मन लाग्छ
यो दुनियाँ बाटै टाढा हुन मन लाग्छ ।

सपनीका स्वप्नबनी नजिकैमा बस्छौ
ब्यूँझेपछि विपनीमा छुन मन लाग्छ ।

मलाई छाडी उडीगयौ क्षितिजको पारी
बाँसुरीमा केवल तिम्रै धून मन लाग्छ ।

साथीसँग तारिफ गर्छु तिम्रै मायाप्रिति
वाहुलीमा भरिएको जून मन लाग्छ ।

तिमी बिना जिन्दगी औंशीको रात सरी
मनका पीडा तिमीसँगै फुन मन लाग्छ ।।

उपहारमा मुक्तकः
संविधानका बूँदाहरू राम्रोसँग संसोधनमा आ छ र ?
बलत्कारी, हत्यारालाई फाँसी दिने उल्लेख भा छ र ?
सत्ताधारी ठूलावडाकै हाली – मुहाली हुने कानुनमा
भ्रष्टलार्इ सजार्इं र बफादरीलार्इ उपहार लेखा छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.