एउटा गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

हिमालको छ देश यो सिमान्त के चलाउछौ
र अग्निपुञ्ज हो शिवम् मशाल के जलाउछौ

शहीदको सुमार्ग मैं जलाउने छ तेज यो
छ भानुको तरङ्गमा पराई के गलाउछौ

हिमाल हो पहाड हो तराई साथ कौशिकी
छ शान्त यो सधै भरी अशान्ति के फलाउछौ

 

अनादि देखि देश यो लडाकु कै छ नामले
समाज यो छ विश्व मा अनीति के पलाउछौ

अधीर छैन यो सदा लडाकु हो बिदेशमा
छ शैल झै अखण्ड यो हिमाल के ढलाउछौ

छन्दः पञ्चचामर, बहरे हजज मुसम्मन् मक्बूज
सूत्र — मुफाइलुन्, मुफाइलुन्, मुफाइलुन्, मुफाइलुन्
ISIS ISIS ISIS ISIS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.