शम्भु गजुरेल का जोर कविता

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल

१) फर्केर आउ घर
छोडी चट्ट गयौ भुलेर कसरी यो मातृभुमी कन
सक्यौ भुल्न किन कठोर मनले नेपाल लाई भन
थिए बिघ्न हरु सिंगार्दछु भनी बिर्सी बसेका तर
तिम्रो खेत रुदै कुरि बसेको छ फर्केर आउ घर

उस्तै छन बन फुल्दछ गुराँस छटा बिखेर्दै अति
दौडी मृग हरु बिलाप गरदै बिलाउछन् भत्भती
जोड्यौ रत्न भयो पुगेन र अब धनी भयौ प्रखर
राख्दै चाह ठुलो समर्पित भ इ फर्केर आउ घर ।

 

बेची रक्त गर्‍यौ सेवा बिदेशको उजाड मातृभुमी
पोखी पौरख लौ पराइ घरको सुसार गर्छौ तिमी
रुदो हो मन त्यो कठिन रणमा बग्दो हो आँसु तर
हासी बन्धु सबै सजाउ जननी फर्केर आउ घर

होला द्रव्य ठूलो जीवन समर मा होवैन सबैकुरा
भोग्दै कष्ट तेता शान्ति खोजने हुदैन इच्छा पूरा
फ्याकी मोह सबै अ्मिर पथको बोकि जीवन् सुन्दर
आमाको संगमा रमाउ खुशिले फर्केर आउ घर

बोक्छौ ब्यर्थ कति पराइ जनको खप्की र प्रताडना
भुल्छौ यादहरु दबाइ मनमा यो देशको सम्झना
खाउला बनका गिठाहरु बरु बिर्सिदेउ बर्गर
रोकि देउ युवा सम्झाइ तिमिले फर्केर आउ घर

साचि स्वप्न युवा पलायन भए सिको गरि ज्ञानको
भुली चट्ट बुढा बिरक्त घर भो पैसा तिर ध्यान भो
खोली द्वार ठूलो बिज्ञान शिरको बेची के गर्नु छ र
खोलौ मार्ग नया हंसाउ जननी फर्केर आउ घर

कोहि छैन याहा सचेत बलिया मुग्लानमा भासिए
प्यारो यो देशको दशा अति बढ्यो आशाहरु नासिए
दिन्छौ जोश बढो समुन्द्र पर छौ नेपाल भो जर्जर
युवा जोश फुकि उचाल जननी फर्केर आउ घर

२) रोएको मेरो देश
रोएकी छिन मेरि आमा अश्रु भेल बगाउदै
मुटु भित्र आर्तनादी बुल डोजर चलाउदै!
कोहि आउछन डाडा ताछ्न बुच्चो बनाएर
कोहि लाउछन डढ्याउलो तेल खन्याएर!

कोख जोति बलात्कार गर्छन कति कति
जिन्दगी को मर्दन गर्छन दुख छैन रति!
खाने दाना बस्ने छाना जिउ छोप्ने नाना
सिच्न धुन भिजाउन खाने पिउने माना!

फलाइदिने मिठा मिठा मेवा आँप केरा
बाघ भालु पशु पन्छी सबलाइ दिने डेरा!
तर आज इज्जत यिनको दोबाटो को मादल
स्वर्थी मान्छे राक्षस भयो भष्मे कालो बादल!

छिया छिया बनाइ सके भाला बर्छा रोपि
नेपाल आमा रुन्छिन आज छाती ठोकी ठोकी
ओठ टोक्दै जुत्ता ठोक्दै आउँछ भाषणबाज
उन्नति को कुरा गर्छ पचाएर लाज!

सेवक भन्ने ढ्वाङ फुक्ने काइते कुकुर्मुत्ते
मेरो देशका बलात्कारी नेता जातका भुत्ते!!
मुटु हुन्न बादरको भन्थे हजुर बाले
हो नै रेछ मेरो देशको टुक्रा गर्न थाले!!

टोल टोलमा सरकार छ उठाउछ कर
गरिब को बाँस उठाउदै भत्काउछ घर
जोड्छन धन खान्छ कस्ले? पाइदैन मेलो
सत्ताबाल र विपक्ष मा हुन्छ छेलो खेलो

ओखती छ सुन सरि गाउमा पाइदैन
सेवा भन्दै भत्ता खान्छन काम चाहिदैन
संघियता मेरो देशमा काम लाग्दैन अब
मणि फुटाइ ढुङ्गा भयो भन्न थाले सब !

शम्भु गजुरेल अज्ञानी
बेलकोटगढी– ९, नलगाउ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.