हराएको गन्तब्य

Ramhari, Shrestha,रामहरि श्रेष्ठ, pallawa, पल्लव

रामहरि श्रेष्ठ

१ अगस्त २०१४ शुक्रबार, साउथ पर्थ, अष्ट्रेलिया
छोरोलाई प्रातः ७ बजे ड्युटीमा पुग्नु छ । ६ बजे उठ्यो । र हतारमा बाथरुमको काम सम्पन्न गर्योठ । हतार मै ब्रेकफास्ट तैयार गर्यो, हतार मै टिफिन बक्समा राख्यो र झोलामा कोच्यो । ‘बाबा म गएँ है !’ भनेर हतार मै निस्कियो । सदा झैं ऊ दिनभर नै ड्युटीमा छ । ड्युटीबाट फर्कदा रातको १०.३० बज्यो । भोली शनिवारको छुट्टी छ ।, छुट्टीको सदुपयोग गरी पिकनिक जाने योजना तीन दिन पु्र्व नै बनाइएको भए ता पनि ब्यस्तताले सपिङ गर्न भ्याइएन । पिकनिकमा लैजानु पर्ने खाद्य-पेय वस्तुहरूको किनमेल गर्नु नै छ ।

 

तर रात्रीसमय मात्र बाँकि छ । पर्थको घडिमा राती ११ बज्दै गर्दा २४ घण्टे ‘जण्डाकोट सपिङ कम्प्लेक्स’ मा सपिङ गर्नजाने कार्यक्रम बन्यो । छोरो ड्युटीबाट अपार्टमेन्टमा आइपुग्नु अगावै बुहारीले खाना पकाउकार्य सम्पन्न गरिन् । छोरो आइपुग्नासाथ हतार मै बाथरुम पस्यो । निस्कँदा उसको मुहारबाट स्पट देखिन्थ्यो उसको हतारोपन । सिधै किचनमा हानियो । किचन र बैठक कोठा एउटै थियो । बाबुआमा संग बसेर एकछिन भलाकुसारी गर्ने फुर्सद पनि छैन उसलाई । हामी कुनै पाहुना झैं सोफामा बसेर छोराबुहारीको ब्यस्तताको मुल्याङ्कन गर्दैछौं । ‘बाबाआमा खाना खान बस्नुस्’ भनेर छोरा बुहारी दुवैजना मिलेर खाना पस्कने तैयारीमा लागे । छोरोले फटाफट् टेबलमा पानी, गीलास, प्लेट, काँटा, चक्कु तयार पार्योम । बुहारीले झट्पट् खाना पस्किइन् । हामी बाबुआमा डाइनिङ टेबलको एक साइडमा र छोराबुहारी अर्को साइडमा बस्यौं ।
आज खानाको परिकार नियमित भन्दा फरक खालको छ । भात, दाल, तर्कारी केही पनि छैन । थालमा पस्किएको छ- सेकेर पकाएको साल्मन माछा २०० ग्राम जतिको १/१ पिस, ६ इन्च जति लामो र कान्छी औंला झैं मोटो, उसिनेको कुरीलोको मुन्टा ३/३ पिस, सिमी सिंगै उसिनेको ५/७ पिस गाजरको चाना, अनि तारेको आलु ३/३ पिस र थालको एक छेउमा टमाटर सस २ चम्चा जति ।
हेर्दा निकै थोरै ती खानाका परिकारहरू । थालभरी भात खाने बानी भएकालाई त्यतिले मात्र अघाइएला जस्तो लागेको थिएन । तर खाएपछि टन्न अघाएको महसुस भयो । त्यसो भएर महगो पर्ने रहेछ साल्मन माछा र कुरिलो । बुहारीले त १ पिस साल्मन पुरै खान सकिनन् र आधा बाँकी राखिन् । नेपालमा पाइने कुरिलोको मुन्टा झिर झैं मसिनो हुन्छ । तर अष्टे्रलीयामा पाइने कुरिलो झण्डै कान्छी औला जति मोटो र केही छोटो हुँदोरहेछ ।
सिटी भित्रका सपिङ कम्प्लेक्सहरू सबै राती बन्द हुने भएकाले आज राती जण्डाकोटमा सपिङ गर्न जाने कुरा छोरोले पुर्व जानकारी गराइसकेको थियो । जण्डाकोट सपिङ कम्प्लेस सिटि भन्दा निकै पर, तर २४ सै घण्टा खुल्ला रहने र सिटीका सुपर मार्केटहरुमा भन्दा आधा नै सुपथ मुल्यमा पाइने रहेछ ।
प्रस्थानको बेला बुहारी ड्राइभिङ सिटमा बसिन् । छोराले भन्यो- ‘बाबा, तपाई अगाडी सिटमा बस्नुस आमा र म पछाडि बस्छौं । बुहारीले ड्राइभ गरेको हेर्नुस ।’
म ड्राइभिङमा सिकारु अवस्थामा थिएँ । उसको आसय ठिक लाग्यो । ड्राइभिङ सिक्न मद्दत पुगोस् भनेर मलाई फ्रन्ट सिटमा बस्न अनुरोध गर्योङ । स्वीकार गरेर फ्रन्ट सिटमा बसें । प्रस्थान पुर्व बुहारीले आफ्नो अगाडि नेभिगेटर -मार्ग निर्देशक यन्त्र झुण्ड्याइन् । नेभिगेटरले १५ कि. मि. दुरी देखाएको थियो गन्तब्यमा पुग्न ।
बुहारीले ड्राइभ गर्दैछिन् । १५ कि. मि. भन्दा निकै पर पुगिसक्दा पनि जण्डाकोट आइ पुगेन । नेभिगेटरले काम गरेन । जति अगाडि बढ्दा पनि त्यसले सिधा बाटो मात्र देखाईरह्यो । अब भने बुहारीको मनमा संसय उठ्यो र आफ्नो श्रीमानलाई भनिन्- ‘मोबाइलमा राम्रोसँग लोकेशन हेरन ठाकुर ! नेभिगेटरले काम गरेन । ऊ आफै पनि सशंकित बन्दै गयो । मेरो मनमा पनि अनेक संसय उठ्न थाल्यो । छोराले केहीबेर बिचार गर्यो । र भन्यो- ‘यति टाढा त हुनु नपर्ने ।’
तुरुन्त मोबाइलमा गुगल म्याप सर्च गर्यो र भन्यो- ‘नेभिगेटरले घुमाउरो बाटो लगेछ, अझ २२ कि. मि. बाँकि छ । अब दाँया लाग्नु पर्ने रहेछ ।’ गुगल म्यापको आधारमा गाडी गुड्दै गयो । जाँदा-जाँदा त्यस्तो भयभित स्थानमा पुगियो कि जहाँ सडक बत्ती नै छैन र परसम्म कतै बत्तीको सङ्केत छैन । गाडीको हेडलाईटको प्रकाश जहाँ पुग्छ त्यहाँ चौतर्फी घना जंगल मात्र दृष्ट्री गोचर हुन्छ । कुनै गाडीको आवाज सुनिएको छैन । र पर पर सम्म पनि कुनै गाउँ बस्ती भएको छनक छैन । कोही मानव स्वर सुनिएको छैन । चारैतिर सुनसान र चकमन्न छ । चुक घोप्ट्याए झैं निस्पट अध्यारो छ ।
मेरो मनमा पनि झन शंसय बढ्दै गयो । सोचें- पराइको देश, अन्जान स्थान, dध्यरातको समय, कुनै अनिष्ट भए के गर्ने – लुटेराले लुट्न आए के गर्ने -‘ मनमा अनेक तर्क बितर्क उठ्न थाल्यो । अनि छोरोलाई भनें- ‘झन्-झन् अँध्यारो ठाउँ आयो नि बाबु, कतै बाटो नै फरक त परेन – छोराले पुनः मोबाइलमा गुगल र्सच गरेर हेर्योे अनि केही हतासपूर्वक आफ्नी श्रीमतीलाई भन्यो- सुरक्षा, गाडी फर्काउ त ! हामी त अन्तै आएछौं । यता हैन रहेछ ।’
जहाँ पायो त्याहाँ गाडि टर्निङ गर्न मिल्दैन । बुहारीले टर्निङ प्वाइन्ट हेर्दै गाडी cगाडि बढाइन् । ३०० मिटर अगाडि बढेपछि 6र्निङ फेला पर्यो । गाडी फर्काइन् ।
मैले छोरासंग प्रश्न गरें- ‘बाबु, अब हामी आएकै तर्फफर्केको हो -‘ उसले भन्यो- ‘हो बाबा ।’ पुनः प्रश्न गरें- ‘तिमीले मोबाइलमा गुगल सर्च गरेर लोकेशन हेरेको होइन र -‘ उसले भन्यो- एउटै नामको अर्को ब्रान्च रहेछ । उही होला भन्ठानें तर अर्को रहेछ । त्यसैले फरक पर्यो बाबा ।’ हामी त जण्डाकोट भन्दा २२ कि.मि. पर पुगीसकेछौं । जाँदा र र्फकदा ४८ किमि बाटो निर्रथ गाडी गुडेछ । १ घण्टा समय थप खर्च भएछ ।
राती साँढे १ बजी सकेछ जण्डाकोट आइपुग्दा । विशाल थियो त्यो सपिङ कम्प्लेक्स । नेपालमा कहिल्यै नदेखिएका दर्जनौं प्रकारका हरिया तरकारी र फलफूलहरू देखि चिकन, मटन, ल्याम, विफ, पोर्क, फिस इत्यादि हरेक प्रकारका मासुहरू समेत पाइने । सबैमा मुल्य टाँसगरी सजावटसाथ सोकेशमा राखिएको थियो । कुखुराको पखेटा, छाती, सपेटा, कलेजो, पाङ्ग्रा सबै अलग अलग प्याकिङ थिए । पोर्क, ल्याम, विफको पनि हृयाकुला, सपेटा, गर्धन र विभिन्न अलग अलग अङ्गको प्याकिङ्ग । सबै सबैको नाम उल्लेख गरेको अलग अलग प्याकेट ।
त्यस बाहेक खाध्यान्नहरू चामल, च्यूरा, दुध, दही, ध्यू आदि सयौं प्रकारका भेराइटिहरू । विभिन्न कम्पनीका पेय तथा खाद्यपदार्थहरू, चक्लेट, क्याटगोरी लगायत हजारौं भेर्राईटीका सामान पाउने त्यस ठाँउमा पिकनिकको लागि आवश्यक र मन पर्ने सामानहरू छनौट गर्दामा १, घण्टा समय बितेछ ।
कार्डबाट बिल भुक्तानी गरेर ट्रलिमा सामान बाहिर ल्याँउदै गर्दा छोरासँग प्रश्न गरें- ‘बाबु सामानको मुल्य जम्मा कति भएछ -‘ उत्तर आयो- ४५ डलर लाग्यो बाबा । गाडीको डिकिमा सामान राख्दै गर्दा उसले भन्यो – ‘सिटीमा भए यति सामानलाई १०० डलर भन्दा बढी पथ्र्यो बाबा । यहाँ सामान सिटी भन्दा धेरै सस्तो पाइन्छ ।’
कोठामा आइपुग्दा रातको साढे २ बजेछ । मैले अष्ट्रेलियाको शहरी जीवनको सुविधा र व्यस्तताको अनुभव महसुस गरें । अष्ट्रेलिया आएका नेपाली युवाहरु सबैको करिब करिब ब्यस्तता उस्तै हो । यहाँ खान, लगाउन, हिड्न, मनोरंजन गर्न सबै सुविधा छ । सबैलाई जाँगरिलो तुल्याउने वातावरण छ । काम र दाम छ । तर ब्यस्तता छ सबैको आआफ्नै । दिनमा गर्न नभ्याएका कामहरू रातमा पनि भ्याउन सकिने र समयको भरपुर सदुपयोग गर्न सकिने यथार्थता पनि छ । तर लाग्छ यहाँको भौतिक विकासले मानिसलाई अघोषित दाश बनाएको छ ।
यसलाई जीवनको सदुपयोग ठान्ने कि दुरुपयोग – मेरो मनमा प्रश्न खडा भएको छ । लाग्छ हाम्रा युवावर्ग पराई देशको भौतिक सुविधामा यसरी नौ आफ्नो कर्तब्य र गन्तब्य भुलेर बाबु आमा र जन्मभुमि परित्याग गरेर पराइ भुमिमा अघोषित दास बनेर जीवन छोट्याइरहेका छन् ।

भरतपुर– १, नारायणगढ, चितवन ।
०००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.