छोरीको बेदना

Keshv, Duwadi, Dhading, केशव दुवाडी, pallawa, पल्लव

केशव दुवाडी

म छोरी बुहारी म आमा म शृष्टि
मलाई तिरस्कार हेलाँ कुदृष्टि
मलाई छ हिंसा बलत्कार घात
म नाङ्गिन्छु डामिन्छु मै खान्छु लात ।

म वात्सल्यधारा म आमा पवित्र
छ संजीवनी दूग्धधारा म भित्र
म भोग्या भएको छु बेचिन्छु सस्तो
भयो आज मान्छे यहाँ गिद्ध जस्तो ।

 

जहाँ स्त्री त्यहाँ श्री कहन्थे पिताले
प्रतिष्ठा र सम्मान गर्थे सबैले
जलाएर आस्था बढारेर धर्म
भयो दैत्य मान्छे गरी नीच कर्म ।

चिथोरेर काया कठै! ती मुनाको
निमोठेर घाँटी हरे! मन्जरीको
थिच्यो बालकाया गरी पाप कस्तो
भयो आज मान्छे यहाँ गिद्ध जस्तो ।

छ आँखा सबैको यहाँ दृष्टि छैन
अचम्मै छ! जिब्रो छ आवाज छैन
छ कानून अन्धो कहाँ हुन्छ न्याय
जमाना छ स्वार्थी निकम्मा सुरक्षा ।।

छन्दः भुजङ्गप्रयात
केशव दुवाडी,
धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.