कृष्ण शरण उपाध्याय का जोर कविता

Krishna, Sharan, Paudel, Opadhyaya,, कृष्ण शरण उपाध्याय, pallawa, पल्लव

कृष्ण शरण उपाध्याय

१) “शरण शीघ्र पर्दछु”
प्रभु त विश्व पालक !
म हुँ अबोध बालक!!
भजन गर्न जान्दिन !
मधुर बोल्न मान्दिन!!

प्रभु! तिमी झरीकन !
अलि छिटो गरीकन !!
बस न जिन्दगी भरि !
कस न बाहु बेसरी !!

 

म हुँ अशक्त जीवन !
प्रबल पो छ यो मन!!
विषय सामु तक्दिन!
प्रलय थाम्न सक्दिन !!

प्रभु ! तिमी वृहत्तर !
म त हुँ तुच्छ पत्थर !!
यदि तिमी दियौ वर!
म पनि हुन्छु सुन्दर !!

न त ममा छ साधना!
न त विनीत वन्दना!!
हृदय ले न पूजन !
न त गरेछु कीर्तन !!

टहर हून् कि हून् घर !
महल हून् कि मन्दिर!!
न त छ काल को भर!
प्रभु विना त के छ र??

म त अनन्त का अघि ,
तरल अश्रु मा बगी!
स्तुति अनेक गर्दछु!
शरण शीघ्र पर्दछु!!

यति ससीम शब्दले!
रस विहीन लब्जले!!
प्रभु!असीम निम्ति म!
सुमन अर्पिऊँ कुन ??
छन्द: युक्तिका

२) “परम तत्त्व प्रति”
प्रभो!सृष्टि सौन्दर्य का मूल स्रोत !
छ सौर्न्दर्य तिम्रो यहाँ ओतप्रोत!!
जगत् माथि माधुर्य छर्ने तिमी नै!
फगत् दिव्य सौन्दर्य भर्ने तिमी नै!!

तिमी वेद का वेद हौ ज्ञान पुञ्ज!
कला केवलानन्द का हौ निकुञ्ज !!
म कस्तो गरूँ प्रार्थना ,छैन ज्ञान !
न छन् चित्त चोर्ने कला का मुहान!!

ठुला हून् कि साना, कि मेरा अरूका!
तिमी तेज हौ सूर्य ताराहरू का!!
म त्यस्ता तिमी निम्ति के दीप बालूँ?
भएको अँध्यारो कहाँ को म फालूँ??

उता तर्फ तिम्रा सुगन्धी नशा छन् !
यता तर्फ मेरा सयौं लालसा छन् !!
तिनै लालसा को चितामा जलेर!
दिऊँ धूप कस्तो म आँफै बलेर ??

कहाँको म भेटी चढाऊँ र दामी?
तिमी नै त हौ विश्व ब्रह्माण्ड स्वामी !!
त्यसैले म यो चित्त अर्पन्छु आज!
प्रभो हे! तिमी तर्फ फर्कन्छु आज !!

छन्द: भुजङ्गप्रयात
कृष्ण शरण उपाध्याय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.