गजल

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

दैवले बनायो मलाई मनको काराबासी ।
बितार्इ रहेको छु दिन न बोली न हाँसी ।।

लाग्छ बाटो भुली भूमरी मा परेकी छु,
यौवन र त्यो तिम्रो चाहत बन्यो फाँसी ।

गोरेटो मा झाडी उम्रला फर्कँदा डुलेर,
धनको लोभ परार्इ मुलुक बन्यौ दासी।

 

हेर त छताछुल्ल छ मुटुको टुक्रा पनि,
सम्हाल्नु तिमी हुनुपर्ला कतै त प्यासी ।

प्यारा लछारी नगर्इ दिएको भए हुन्थ्यो,
नबल्दै मायाको दीयो जाने भए काँशी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.