निलकण्ठ सुबेदी का केही मुक्तकहरूः

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

सपनानि अनायासै बिपना झैं हुन जान्छ
नाना थरी कल्पिएर हृदयनै रून जान्छ
राम्रै सोच्छु राम्रै गर्छु सबैको भलो चाहे पनि
कता के मिल्दैन खै चसक्क मन छुन जान्छ ।

आ-आफ्नै दुनियाले भुलायो सबैलाई
सबै ब्यस्त भन्ने कुरा खुलायो सबैलाई
आदि देखी अन्त्य सम्म ब्यस्तै रैछ जीवन
अन्त्य सुन्य भएपनि झुलायो सबैलाई ।

 

होस गुमाई हिड्नेलाई जोस मानिदैन
स्वार्थ पुरा गर्नेलाई राम्रो ठानिदैन
भरिपूर्ण छु भनेर मख्ख पर्छन् मान्छे
के के हुन्छ भविष्यमा कहिल्यै जानिदैन ।

दु:ख कष्ट केही नहोस सधैं खुसी छाओस
प्रगतिका पाइलाहरू अघि बढ्दै जाओस
जन्मदिनको शुभ कामना भान्जा बाबुलाई
जीवनभरी उन्नतिका बहार मात्र आओस ।।

सपनीमा पनि तिमी रिसाएकै देखिराछु
हृदयका पाना भरी यथार्थता लेखिराछु
आउँछौ भने हॉस्दै आऊ सधैं मेरो समीपमा
कल्पनामा रमाएर मेरो पाइला टेकिराछु ।।

मेरो मनमा तिमी सधैं मैले कुरो बुझीन नि
तिम्रो मनमा छकि छैन खास चुरो बुझीन नि
कुन पत्ति कता हुँदा हातमा दाउ लाग्ने होला
मन मनमै बोली राछौं कुन हो सुरो बुझीन नि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.