छोरी सृजना शर्मालाई डा.सृजना शर्मा भएकोमा बधाई

Kanakdhara, Swami, Swadeshanand,कनकधरा स्वामी स्वदेशानन्द, pallawa, पल्लव

,कनकधरा स्वामी स्वदेशानन्द

नेपाली लिपि एकता विषयमा लेख्ने यिनी गर्दथिन्,
भाषा शब्द र रूपको विषयमा बोल्ने यिनी गर्दथिन् ।
छोरीबाट यिनी विवाहित भई नारी भएकी थिइन्,
विद्यावारिधिले विभूषित भई सम्मान थाप्ने भईन् ।

बोलीमा मधुराक्षरा नयनमा कारुण्य हृत् तापमा,
प्राणीमाथि दया ममत्व जनमा सेवा सदा हातमा।
केही छैन घमण्ड मित्र सबमा सद्भावना देख्दछु,
जस्ती छिन् सृजना उनी कलमले उस्तै यहाँ लेख्तछु।

 

शायद् त्यो दश वर्षदेखि पहिले काका भनेकी हुनन् ,
माताजी सजिलै पचाउनगईन् श्रद्धा गरेकी हुनन् ।
देख्दा मुग्ध मुहार भाव हँसिली आशा लता जाग्दथ्यो,
नेपाली उपकारकी रचयिता हुन्छिन् जसो लाग्दथ्यो ।

पाएमा गुरु श्रीदिवाकर सुधी गर्दैन को वारिधि!
अज्ञानी तमहृद् दिवाकर सदा सौहार्दका सारथि।
ज्ञानी दक्ष तथा विनम्र गुरुको पाई कृपा सर्वदा,
विद्यावारिधि पाउने हुनगयौ छोरी तिमी एकदा।

नारी अक्षर पारिजात कविको साहित्य शब्दावली,
लेख्यौ भाव विमर्श पूर्ण रचना सद्ग्रन्थ शोधावली।
तिम्रा अक्षर अक्षयाकृति बनून् भाषा सुवर्णावली,
नारी लेखनकी उषा बन तिमी अज्ञान ध्वंसावली।

शिक्षाले यतिमै विराम नलियोस् शिक्षा अझै फैलियोस्,
नारीको उपमा बनेर सृजना नेतृत्व गर्नेगरोस्।
तिम्रो त्यो कृति कीर्तिमन्त बनियोस् सम्पत्ति होस् विश्वको,
नारीमा कविचेतना भरिदिने साहित्य होस् देशको ।

काकाले यतिबिघ्न आसिक दिए स्वीकार माता भनी,
नेपाली महिला जगाइरहने तिम्रा रहून् लेखनी।
विद्याविद् सृजना दिवाकर दुबै देखेर गद्-गद् भएँ
विद्यावारिधिको विलम्बसितले ऐले शुभेक्षा दिएँ,

छन्दः शार्दूलविक्रीडित
– विनीत:कनकधारा स्वामी स्वदेशानन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.