म त कोपिला

Krishna, Prasad, Pokharel‎, कृष्णप्रसाद पोखरेल, pallawa , पल्लव

कृष्णप्रसाद पोखरेल

(बाल कविता)
फुर्फुर गर्दै पुतली, हेर्छे रमिता ।
भुँ भुँ गर्दै भ्रमरो, गर्छ ताकिता ।।
हँसिली र कसिली छु, मैछु पोटिला ।
फुल्नै बाँकी फूलको, म त कोपिला ।।
म त कोपिला हुँ, म त कोपिला ।।

माहुरी र पुतलीले, खेलौँ भन्न थाले ।
भुँ भुँ गर्दै भ्रमरोले, साह्रै हत्ते हाले ।।
चुल्बुलाई जोगिँदै छु, बन्दै कसिला ।
फुल्नै बाँकी फूलको, म त कोपिला ।।
म त कोपिला हुँ, म त कोपिला ।।

 

घाम हावा हुरी संग, झर्को नमानी ।
दु:ख खप्दै हुर्किएको, मेरो जवानी ।।
दु:ख पीडा बिर्सिएर, बन्छु हँसिला ।
फुल्नै बाँकी फूलको, म त कोपिला ।।
म त कोपिला हुँ, म त कोपिला ।।

जीवनमा सुख मिल्छ, सबै दु:ख बाट ।
गर्नु पर्छ सबैले , दु:ख खप्ने आँट ।।
आँसु पछि रस बन्छ, भए हँसिला ।
फुल्नै बाँकी फूलको, म त कोपिला ।।
म त कोपिला हुँ, म त कोपिला ।।

सौन्दर्यता वैलाउँछ, टिपेपछि फूल ।
प्रकृतिको बर्दान यो, नगरौं है भूल ।।
लच लच लच्काउने, भाछु ओजिला ।
फूल्नै बाँकी फूलको, म त कोपिला ।।
म त कोपिला हुँ, म त कोपिला । २

(राष्ट्रिय बालदिवस २०७५ का अवसरमा)
– कृष्णप्रसाद पोखरेल
इच्छाकामना गा पा– ३, चुम्लिङ्टार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.