पुछारबाट पहिलो बरियता हामीलाई चाहिदैन
जनता जनतामै छैन आत्मियता हामीलाई चाहिदैन
टिकाउनैलार्इ, महङ्गीले जनताको ढाड सेक्ने भए
नेताज्युको सङ्घियता हामीलाई चाहिदैन
त्यता कस्तो छ हजुर? यता आउँछन् उद्घाटनमा
कहिले काला अनि कहिले सेता आउँछन् उद्घाटनमा
बर्षौँ लगाइ संरचना, निर्माण गर्छन् श्रमिकहरु
बनाइदिएँ मैले भन्न नेता आउँछन् उद्घाटनमा
सुनसान छोडी चहलपहल रोज्यौ तिमिले
दुक्का तिर्का फाली नहल दहल रौज्यौ तिमिले
धनभन्दा माया ठुलो´वादविवादमा प्रथम भाइथ्यौ
झुपडी त्यागी आखिरीमा महल रोज्यौ तिमिले
दिन मिल्ने भन्दा बढी खुन मागेसी उनले
म धर्तीमा भा´को सङ्ग जुन मागेसी उनले
अहिलेपनि अस्पतालमा बिहोस नै छु हजुर
जन्मदिनमा उपहार सुन मागेसी उनले
प्यारिका आशु बर्सिदैनन्, यसमै खुशी लाग्छ
अनि सत्रु हर्सिदैनन्, यसमै खुशी लाग्छ
सुको बचत नभएनि, आफ्नै देशको जागिर खासी
बाउ देख्दा सन्तान तर्सिदैनन, यसमै खुशी लाग्छ ।।
विजय रानाभाट
घिरिङ– ४, करुवाटार तनहुँ
हाल : भानु– ३, चाम्बास, तनहुँ