राधा नेपालका केही मुक्तकहरूः

Radha,, Nepal, राधा नेपाल, pallawa, पल्लव

राधा नेपाल

हिजोआज मुस्कान को पनि दाम लिन्छौ अरे
सुन्दर्यता बेची बेची आफ्नो काम लिन्छौ अरे
पैसालिइ पस्किन्छेउ रे आफ्नो शरीर प्यासि लाई
दिनको मूल्य छैन भन्छेउ ढल्के साम लिन्छौ अरे ।

म मरेको खबर पाउँदा एकछिन पक्कै रुन्छौ तिमी
छेउमा आइ एक पटक लासलाइ पक्कै छुन्छौ तिमी
त्यतिखेर चालपाउनेछौ मेरो मूल्य कति भनी
पुर्पुरो मा हात राखी बिबस पक्कै हुन्छौ तिमी ।

 

नसजाउ ओठमा लाली चुमिदिने छैनन भने
नफुकाउ मनको ब्यथा सुनिदिने छैनन भने
बरु रोउ मुखथुनी आफै भित्र सितल छाओस
नफुटाउ मनको बांध थुनिदिने छैनन भने ।

अस्तित्व लाई लुटाएर पराइ आफ्नो पार्छे नारी
आफ्नो कोख फुटाएर बंसज अघि सार्छे नारी
होउन बाधा हजार त्यागुन पति घरबार तर
परिबार लाई जुटाएर माना पाथी भर्छे नारी ।

आँसु बिक्रि हुनेभए बजारमा बेचिदिन्थे
हांसो बिक्री हुनेभए हजारमा बेव्हिदिन्थे
थोरै थोरै खुशी पनि दलिन आइ फर्किजादा
नासो बिक्रि हुने भए नजरमा बेचिदिन्थे ।

मत सधैँ सुन्दरतामा रमाउने मान्छे
दुख पर्दा साथीको हात समाउने मान्छे
काडा बिछ गुलाबको फूल फुल्छ हजुर
त्यहीफूल भित्रको काँडा छमाउने मान्छे ।।

तिमी धुल हैनौ मेरो माथको ताज बन
बेहुली झै घुम्टो भरी सर्मिने लाझ बन
बिगतलाइ भुलिदेउ नया जीवन सुरु गरौ
भुत र भबिस्य हैन बर्तमान आज बन ।।

राधा नेपाल,
स्रोतः मुक्तक माधूर्य बाट
सुनसरी इटहरी, वार्ड नं. ४, भेटघाट चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.