गजल

R.P., Lamichhane, आर. पी. लामिछाने, pallawa, पल्लव

आर. पी. लामिछाने

मैले फेर्ने हर-एक श्वासमा छौ तिमी पनि
लाग्छ यै ज्यानको आसमा छौ तिमी पनि

बुझेको छु मैले तिम्रो त्यो मनको छटपटी
चोखो प्यार छुट्ने, त्रासमा छौ तिमी पनि

मेरो झैँ त्यो ज्यानलाई एकान्त नै भो कि प्रिय
साँच्ची किन आज एकलासमा छौ तिमी पनि

 

दिन रात अब मेरो छाया बनी पछ्याइदेऊ
हर घुड्को पानी, हर गासमा छौ तिमी पनि

एकान्त मै भएपनि फक्रिएको अदा देख्दा
हर पल लाग्छ मधुमासमा छौ तिमी पनि ॥

आर. पी. लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.