चिरञ्जीवि ढकालका चार गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल- १,
चलाए सी आँधी हुरी,के अनौठो हुने छ र?
बढ्ला थोरै मजवुरी, के अनौठो हुने छ र?

तिम्रो हाम्रो भावनाको ,रङै फरक भए सी,
बढेपनि अब दूरी, के अनौठो हुने छ र?

लगाउनु हिरा मोती, इमान बेचेर तिमी,
म बेचौँला पानी पुरी,के अनौठो हुने छ र?

 

धनकै निम्ति बिस्वास,तोडी बाटो मोडेपछि,
किने पनि सुन्को चुरी, के अनौठो हुने छ र?

पसे पनि वर्षे झरी, भिजे पनि शरीर यो,
चर्के सी प्रेमको धुरी, के अनौठो हुने छ र?

चोखो प्रेम सबैले पुज्छन्,भगवान सम्झेर,
तिमी भए कुरीकुरी, के अनौठो हुने छ र ?

गजल- २,
अचेल मरु-भूमिमा बस्ने, दिल खोज्दै छु म।
सत्य हो एकदाना मायाँको,तिल खोज्दै छु म।

रहर छ प्रेमको कहानी , दुरुस्तै उतार्ने,
त्यसैले त एउटा रङ्गिन, रिल खोज्दै छु म।

मौँलाएका मन भित्रका, वैंशका खिलहरु,
फलेर सफा गर्ने प्रेमिल, मिल खोज्दै छु म।

उत्ताउलिया छ मन्, त्यो रण भूमी चुम्नलाई,
टपक्क टिपेर पुर्‍याउने, चील खोज्दै छु म।

मेट्नु छ तिर्खा वर्षौँ भयो,यो गला तड्पिएको,
प्रेम कुण्ड भित्र एउटा ,कार्गिल खोज्दै छु म ।

गजल- ३,
परिवर्तनका खाँतिर, सत्ता ढाल्ने पनि हामी नै।
लाजै नमानी जंगलमा,मान्छे पाल्ने पनि हामी नै।

एक्काईसौँ सताब्दीमा पनि, वन मान्छे देखाएर,
आफ्नै नाक काटेर,इज्जत फाल्ने पनि हामी नै।

नारा अग्रगमनको, पाईला भने झनै पछाडि,
जग हसाँएर उल्टो ,कदम चाल्ने पनि हामी नै।

वुद्दीजिवी भन्ने काम,सिन्को नभाँच्ने फटाहा भद्र,
गर्न खोज्नेलाई, खोट लगाई गाल्ने पनि हामी नै ।

मन्त्र चाहिँ निष्पक्षता र ,समानताका, मात्रै जप्ने,
अबसर पायो कि आफ्नै,मान्छे हाल्ने पनि हामी नै।

सरकारमा बसुन्जेल, डकार्दैमा फुर्सद हुन्न,
फुत्कियो कि त बाटोमा,टायर बाल्ने पनि हामी नै ।

आफ्नो भन्ने बितिक्कै,जे गरे पनि माफ गर्नै पर्ने,
जत्रो सुकै ठूलो प्वाल,परोस टाल्ने पनि हामी नै ।

आफ्नो फोहोर आफै, व्यवस्थापन गर्न वास्ता छैन,
दैलोमा थुपारी, सर्कारलाई दाल्ने पनि हामी नै।।

गजल- ४,
अन्त दुख पर्दा हाँस्छ, आफूलाई पर्दा रुन्छ मान्छे ।
आफूतिर अंश पर्दा, पानी कै मूहान थुन्छ मान्छे ।

मान्छे अब मान्छे रहेन, मात्रै आवरण बाँकी छ,
त्यसैले बाहिर जस्तो रङ्ग पायो,त्यस्तै हुन्छ मान्छे ।

न त आफु गर्छ न त, गर्नेलाई जस दिउँ भन्छ,
आफैँ राम्रो देखिनलाई, अरुको रङ्ग धुन्छ मान्छे ।

सत्यता ईमान्दारीता भन्ने, शून्य प्राय रहेको छ,
हर प्रहर जालझेल कै, तानावाना बुन्छ मान्छे ।

यसरी बौलाएकोछ, आफ्नै परिचय भुल्ने गरि,
अचेल आफ्नै रक्त भ्रुणलाई,शिकार चुन्छ मान्छे ।।

ने ग उ म न पा- २०,
राँझा एयरपोर्ट बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.