‘निर्मला तिम्रो लागि न्याय हरायो’

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

जिन्दगीका सपनाहरू बरखर
बुन्दै थियौ तिमी
भरोसाका खुड्किलाहरू बरखर
उक्लिदै थियौ तिमी
आशाका हिमनदीहरू बरखर
तर्दै थियौ तिमी
बिश्वासका दीपहरू बरखर
बाल्दै थियौ तिमी
तिमीलाई पनि थाहा थिएनौ निर्मला
तिम्रो सपना यति छिट्टै टुटछ भन्ने–

 


तिम्रो भरोसा यति छिट्टै भत्किन्छ भन्ने
तिम्रो बिश्वासले छिट्टै डुबाउँछ भन्ने
बिश्वासका दीपहरू निब्नेछन भन्ने
सबै थोक खोसियो तिम्रो जिन्दगीको
सबै थोक हरायो तिम्रो सन्सारबाट
यति सबै थोक सहेर गयौ तिमी
केबल तिम्रो चीत्कार छोडेर
तिम्रो चीत्कार सुन्ने कानहरू नसुन्ने
भएका छन अचेल ।
देश नसुन्ने भएका छन अचेल
तिम्रो सब थोक खोसेर पनि
तिम्रो लागि न्याय हराएको छ
देशबाट ……….!

कहिले काहीँ त यस्तो लाग्छ
तिमीलाई निर्मम चोट दिएर पनि
निदाउने आखाहरु कस्ता होलान
तिम्रो जिन्दगीको खुशी खोसेर पनि
रमाउने खुशीहरू कस्ता होलान
तर अचम्म किन मान्नु र निर्मला
यहाँ त अरुलाई चोट दिएर
रमाउनेहरुको ठुलो जमात छन ।
त्यही जमात भित्र हुर्केका छन
अनगिन्ती सपनाहरू
अनि कसरी फुल्छन सभ्य समाज ।
यहाँ त अवाजहरू दबाउछन
बन्दूकको नाल त्यार्साएर
अनि बिश्वासहरु निबाउछन
रगतहरूमा लित्पिताएर
तिम्रा निर्मम प्रमाणहरू हराएका छ्न
आज न्याय हरएको छ तिम्रो लागि….

छिरिङ शेर्पा अविरल
टोखा धापासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.