शिवा कार्की का जोर गजल

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

गजल– १,
कहिले सम्म यसैगरि लुकाऊ प्रतिभालाई,
चाहाना र रहर मारि सुकाऊँ प्रतिभालाई !

मन भित्र आक्रोसको ज्वाला बलेको छ,
जलाएर कहिलेसम्म दुखाऊँ प्रतिभालाई !

धेरैखाले व्यन्जनहरू, पस्किनेको भिँडमा,
यस्तोलाग्छ,कहिले काहीँ फुकाऊँ प्रतिभालाई !

 

सहयात्री पुगिसके प्रगति को पथ माथि,
आफू भने कतातिर छुपाऊँ प्रतिभालाई !

समयले कोल्टो फेर्ला, ओइलाउलान रहरहरू,
आत्मा भन्छ,संसारसामु देखाऊँ प्रतिभालाई !!

गजल– २,
हिजो पानीपुरी फाल्यो, आज फलफूल फाल्यो,
लाग्यो सरकारले, निकै कडा कदम चाल्यो !

धमाधम छुटिरहेका छन् ती अपराधीहरू,
कानूनका धाराहरू कता च्यात्यो कता टाल्यो !

पत्ता लगाऊनै सकेन निर्मलाका हत्यारा,
घरको चुलो निभायो सडकमै आगो बाल्यो !

कहाँ हरायो सिन्डिकेटको चहल पहल,
उस्ले त पानीजहाज,रेलको टेन्डर हाल्यो !

वृद्ध भत्ताकै आसले भोट हाले बा-आमाले,
आज जितेर उस्ले आस्थाको धरोहर ढाल्यो !!

शिवा कार्की,
नया वानेश्वर काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.