शम्भु गजुरेल का जोर कविताः

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल

१) भारत को स्वार्थ
नफुल नेपाली मन
भारत तीर्थ हो भनेर
भारतिय सोच त तुच्छ किरा हो
पेट भरी तुष पालेर बस्ने
हेम्लक को कुन्ड साचेर बस्ने
जतिबेला पनि ख्वाउने
स्वार्थ को मेसो मिलाउन
काशी बनारस त उतै छ
गोकुल मथुरा उहीँ छ
उतै छन बहुरूपिया कृष्ण
कहिले नेहरु को रूपमा–

 


अनि इन्दिरा र मोदीको चोलामा
फ्याक्छन पासा शकुनि झैँ
कपटपूर्ण एकलौटी
हर हालतमा जित नै हुने
म मात्र सत्य हुँ
बाकी सब झुटा भन्छ
ढ्याङ्गो बजाउँछ
मित्रताको नौटङ्की गर्छ
छुरी धस्छ पिठ्युमा बारबार
भारत त तीर्थ हो
रौरव नरक बनाइएको छ
होइन भने
कहिले पाकिस्थान तोडिन्छ
बाङ्लादेश पारेर
भोकै मारिन्छ बङ्गालीलाई
काजिरङ्गा तारेर
दीयो प्रज्ज्वलन गर्छ बाबुजिले
पाकिस्थान फुटाएकोमा
अनि पटाखा पड्काउछ
रोहिग्यालाई दफन गरेकोमा
साच्चै हिन्दुस्थनी
मित्र हुनै सक्दैन
निर्ध छिमेकीको

सिक्किम निल्दा कुनै सितन थियो?
केवल साम्राज्यवाद
बिस्तारबाद
धोखेबाज
नरम जिब्रो को बोलार्इमा
गैँडाको झैँ चटार्इमा !
कास्मिर जलिरहेछ
खोइ त जनमत संग्रह ?
सन ०७५ जस्तो
दार्जिलिङको लेन्डुपे झै
अह पटक्कै हुदैन
मार्नुछ असीमित जीवन
कास्मिरमा
फलाक्नु छ राष्ट्र प्रेम
राक्षसको माया जस्तो
घृणित अति घृणित !

लङ्का तोड्ने कुचक्रमा
छिमेकीको कुभलो को सोचमा
बरबाद पारियो लङ्का
तर बिडम्बना
स्व निर्मित खाडल आफ्नै
चिहान भयो
उस्का नजरमा तारा लाग्यो
न कहिले छिमेकी को
मान गर्छ,
नत लिहाज छ कानुनको
चाहन्छ सबैले उसलाई मानुन
भुटान निलेको छ
चेप्न खोज्दैछ अरुलाइ
न कसैको हितमा थियो उसको सोच
अब हुदैन पनि
किन कि ब्वासो का मानव रूप
हुन उनिहरू !

बङ्गालि लाई बाङ्लादेसि बनाउँदै छ
चुनाव खातिर पुरा खाली गराउँदै छ
पहेलो टालो ओढेर
शङ्ख फुकेर
होम गर्दै छ
आफ्नै चर्तीकला को
एक्ले ढेडु जस्तै
कोही कसैलाई नटेरी !

कार्गिलमा मार्छ बाहादुर भन्दै
सियाचिनमा सुताउँछ
लास बनाएर नेपालीलाई
चौकिदार र मसाल्ची बनाएको छ
लाखौ गोर्खाली लाई
बादुर भन्दै फुस्ल्याएर!
उस्कै नागरिक सेनामा ढल्दा
शत्रु सैनिकको सिकार हुँदा
कोकोहोलो मच्चाउने मिडिया
गोर्खालीको साहादत लुकाउँछ
थु थु थु तेरो बर्बरता
साच्चै बिस्तारबादी !

कोसेली को पोका बोक्ने
नतमस्तक सलाम ठोक्ने
कुत्ते नेपाली राजनेता हरु
दौलत खातिर जननि बेच्ने
ब्वासा स्वदेशी दलालहरू
बदल्नु छ सोच देश खातिर
दक्षिणी सोच छ अति शातिर
१९ को चुनाव ले माग्दैछ
बङ्गालिको बलिदान
रङ्गिदैछ बङ्गालको खाडी
रातो भएर मानव रगतले
सायद
पालो
कुर्दै छ २४ लाई,
मर्नेछन लाखौँ लाख
नाटा नेपाली हरू
कोहि फिर्लान अपाङ्ग हुँदै
कयौ बिलिन होलान
चुनावी बाकसमा
मतपत्र मा छाप बनेर
हुदैनन मित्र कबै भारतिय शासक
किमार्थ पनि हुदैन
किन कि नरभछी
जनावर भन्दा हिम्स्रक
छ उनिहरू
रौरव नरक का यमराज हुन
कमजोर का लागि
अन्य सबैका लागि

२) नागार्जुन को आँखामा
सदियौ देखि ठिङ्ग्रीङ्ग
उभिएको छु म !
धुपौराको बिड जस्तै
पश्चिम् कुनेटोमा
हरियाली ले ओतप्रोत
जीवन जलको धारा
बगाउदै तलतिर
हाब्रे कोइली भ्याकुर
बनेल अनि चितुवा
काखी च्यापेर
ममता को बर्षा गर्दै
नियाली रहेको छु
पुर्वी क्षितिज देखि
दक्षिण चन्द्रागिरी पनि
अनेकौँ रङ्ग फेरिएको
रङ्ग उडेको फुङ्ग भएर
खुशी उल्लास र रोदन
पनि देखेको छु मैले
किन कि हेरेको हेर्‍यै छु
नागार्जुनको आखाले !

टकटकी देख्थे न्यातापोल
दरबारका झ्याल पचपन्न
झल्झली नजर हुने
चाँगुनारायण देवल
गौचरनमा बिचरण गर्ने
कामधेनु
स्वच्छन्द उफ्रीदै
मनहरा फाटमा
लहलह झुलेको
बालीमा रेलिएको
मनमोहक दृष्य देखेँ
रिसराग बिहिन किसान
प्रेम पुर्वक धपाउँथे
गाई गोरु
क्रोध बिना नै आस्थाले
मुस्कुराउथे म
सत्कार हेर्दै
नागार्जुन को आखाले

शिला निर्मित
कृष्ण को धाम
भक्त को लामो लर्को
छमछमी नाचेका
झाकी हरू कृष्ण का
अवरोध बिना टड्कारो
नजिकै लाग्ध्यो
मच्छिन्द्रको छोटो भोटो
नजर आउथ्यो
एतैबाट नढल्किकन
नागबेलि हुँदै
कान्तिपुर रसाउने
सजिव मुहार हसाउने
बागमती अनि बिस्णुमती
निर्मल र कन्चन
चोभार ओर्लेको देख्थे
स्वयंभु को बिबेकी आखाले
बौद्ध बिहार चियाए झैँ
शान्त निर्बिघ्न बिराजमान
अति सुन्दर साह्रै सुन्दर
इन्द्रजात्रा को रमझम
लाखेको नृत्य
सबै हेर्थे यहीँ उभिएर
नागार्जुन का आखाले

आस्था को भेल
अनि अन्त्य अवस्था को
समर्पण को धुवाँ उडाउँदै
आर्यघाट को मौनता
साझ बिहान को
सन्ख ध्वनी मा गुञ्जित
पशुपति नाथ
आनन्द मा लोभ्याउँथे
मेरो हृदयलाई !!
नमन गर्दै अ्मृत रस
सेवन गरेझै हेरिरहन्थे
नागार्जुन का आखाले

अहिले पनि उस्तै छु
उभिएको छु त्यही कुनामा
खाली बगर केवल घाट जस्तो
थुप्रा थुप्रा ढुङ्गा बालुवा
अनि कुहिरोमा सिनो खोज्दै
अनिस्ट आवाज निकाल्ने
स्याल हरूको चीत्कार
मानव झैँ आकृती को
बथान जताततै
मर्म मा ममत्व बिहिन
स्वार्थको चास्नी मा
चुर्लुम्म डुबेका नरझुन्ड
देख्छु सबैतिर चारैतिर
नागार्जुनका आँखाले

आर्यघाट को लासको धुवाँ
धुवाँको पर्दामा रतिक्रीडामा
लिप्त मानव बर्णका जन्तुहरू
बाहिरी आवरणमा
चिरिच्याट्ट भएका हरू
हिलाम्मे र धुलाम्मे बगर बाटो
अनि निर्बिबेकी हरूको
लोभी र क्रोधी होडबाजी
बाल कन्याको आब्रु च्यात्तिएको
वृद्ध आमाको छाती लुछेको
टुलुटुलु हेरेको छु
नागार्जुन को आँखाले

बट्टारिएका तिघ्रा हरूको लर्को
उहिलेको गौचरनमा थुप्रीन्छ
हाउजात चढेर हुइन्किन्छ
कोही आउँछन अपाङ्ग
कोही ख्याउटे भएर फर्किन्छन
लमतन्न बाकसमा
निर्जिव मुढो भएर फर्किन्छ्न
धेरै पाखुरीहरू
त्यही बाटो
आफ्नालाई रुवाउदै
आर्यघाट ताकेर
अनि
सिह झै गर्जिदै
सिह दरवारका बिरालाहरू
तर लागेको ओठ पुछ्दै
कालो चस्मा लगाएर
हातमा फूलको हाँगा बोकेर
हुत्तिन्छन
तछाड मछाड गर्दै
अनि बर्बराउछन
अब युवाले बिदेश जानू पर्दैन
अकालमा ज्यान गुमाउनु पर्दैन
हामी संबेदनसिल छौँ
अनि निरीह लासलाई
तानातान गर्छन
झन्डा ओढाउने होडमा
मलामीको भोट बटुल्न
हेर्दैछु म निराश भएर
कुरूप पारिएको कान्तिपुर
नागार्जुन को आँखाले

३) म हराउन चाहन्छु

लुसुक्क तिम्रो काखमा
टाउको राखेर
निदाउन मन छ आमा
तिम्रो पछ्यौरी को
फेरमा आँखा छुपाउन
मन छ आमा
तिम्रा ममता ले
भरिएको हत्केला ले
कान थुनिदेओस भन्छु आमा
हिड्ने इच्छा सकिए
केही हेर्ने चाहना रहेन अब
कुनै स्वर निको लाग्दैन
त्यसैले त अब
तिम्रो ममता को आचलमा
अबोध शिशु झै
हराउन चाहन्छु आमा!!

कलिला मुना हरु चुडिएका छन
कोपिला हरु च्यातिएका छन
बचेरा हरु मारिएका छन
मानवता मरेर गएको छ
दानवता को रजाइ छ जताततै
पाठशाला गएकी छोरी
फर्किन्न फर्किनै सक्दिन
फर्किन्छ त केवल बिछिप्त देह
बिषालु आदमखोर को
नङ्ग्राले चिथोरेको
फक्रीदैको कोमल चर्महरु
बर्बरता को झम्टाइमा
च्यातचुत पारिएको
बालसुलभ मुहार लाई
कोपरेर कुरुप पारिएको
राक्षस हरुको सिकार भएकी
मृत लास भएर भेटिन्छे
कहिले खेतमा
कहिले बाटोमा
अनि गौडा र खोल्चामा
मेरो समाजको सभ्यता देखेर
आधुनिक मानव को
रुप देखेर
धृतराष्ट्र बन्न मन छ
बिल्कुल अन्धो बन्न
मन छ आमा!!

समृद्धि को शिखर पुगेका
सन्तान को अर्थ महलबाट
फ्याकिएका
बृद्दाश्रम रूपि डम्पिङमा
उत्सर्जित बा आमको
कारुणिक रोदन ले
मुटु फुटाइदिन्छ
ममता को भारी बोकेका
सन्तानको श्री वृद्धि खातिर
चाउरिएका जन्मदाताहरू
परबाट फ्याकिएको घुस्सामा
जीवन को डोरि अल्झाउँदै
दुवै नयनबाट
अश्रु वर्षा गर्दैछन
पुकार्दैछन परमात्मा सग
सन्तान सुख निम्ति
आरती गर्दैछन!
यो बिडम्बनाको भजन
सुन्न चाहन्न म आमा
त्यसैले
म बहिरो हुन
चाहन्छु आमा!!

मन्दिर मस्जिद अनि चर्चमा
अचेल बलात्कार भएको सुन्छु
धर्मका ठेकेदारहरू को
कामुकता को बेदिमा
अबोध कौमार्यको बलिचढेको
शक्तिको मदमा चुर
दुर्योधनका बन्धुहरू
शुम्भ निशुम्भका खलकहरूको
शासकीय मात छल्किएर
बुढी आमाको आब्रु लाई
चरिचिङ्गार पारेको हेर्छु
टुलुटुलु मुकदर्शक भएर
चल्छन खुँखार चालहरू
नचाउछन चाल्नो शरीर
उराल्छन लुटिएको इज्जत
लिलाम गर्छन
अनेक भाउमा
फरक फरक जातका
उस्तै देखिने
मान्छे झै लाग्ने
व्यापारी बर्णका मयहरूले
अस्मिता को त्रीपाशामा
जित हार को जोश देखाउछन
तर पल भरमै
पिचिक्क पारिएको जीवन
एक झोकामा
प्राँण बिहिन भएको शरीर
कुहिन थाल्छ
तर पनि
जुहारी चलिरहन्छ
बोकिन्छ लास पिडितको
गाइन्छ गीत न्यायको
अन्तेष्टी बिनै पतन हुन्छ देह
देह सँगै बिलिन हुन्छ न्याय
जिवित अपराधी को
सत्कार हुन्छ
निर्दोष बनाइन्छ उस्लार्इ
गरिन्छ सिन्दुरे जात्रा
मेरा खुट्टी उभिन मान्दैनन अब
जताततै मिथ्या देख्छु
अट्ठहास सुन्छु
बर्बरता मा लिप्त पिपासु
अनि तिनका रापमा रोटि सेक्ने
अघोरी मात्र भेट्छु
त्यसैले
म हराउन चाहन्छु आमा
कतै बिलिन भएर
अन्धो र बहिरो भएर !
शम्भु गजुरेल ‘अज्ञानी’
बेलकोटगढी ९, नलगाउँ, नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.