करन बिवश का केही मुक्तकहरूः

Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

अब त हामी नेपालीले, त्यस्ता नीतिहरू फ्याक्नु छ
कामै नलाग्ने ती कागजी, नियमहरु सारा च्यात्नु छ
न्याय पाउँ भन्दा जनताले, सिधै गोलि पाउँछन भने त
कामै नलाग्ने देशको त्यो, विधानका खुट्टा काट्नु छ

मेरो शहरमा आज चेलीको, अस्मिता लुटिएको छ
न्याय माग्न जादाँ यहाँ, पीडित नै उल्टै कुटिएको छ
यो कस्तो हो नीति नियम, मेरो देशको बुझ्नै कठिन
अपराधी खै भनेर भन्दा त, उल्टै जनता चुटिएको छ…

 

जो भए नी बलात्कारिलाई, जेल भित्र हालेकै बेश
अपराधी खै आजसम्म, अब त पाईला चालेकै बेश
न्याय माग्दा छातीमा, गोलि ठोक्छ भने सरकार
केई काम लाग्दैन यो, देशको विधान फालेकै बेश

मान्छे रहेन मान्छे भए, कुलङ्गार अचम्म छ
कुन्नी खै कता हरायो, सदाचार अचम्म छ
विसङ्गती मौलायो आज, यत्र तत्र जहाँ पनि
आफन्तबाटै छोरी चेली, बलात्कार अचम्म छ

जिन्दगीको यात्रामा, बिच बटोमै छोडी दियौ
मन मुटुको अजम्ब री,नाता नी तोडी दियौ
शुन्यतको जिन्दगीमा,के-के भयो आज यहाँ
कुन्नी किन आज ,पाइला अन्तै मोडी दियौ !!

अर्काको शिरमा टेकी, अघी हिन्नेहरू छन यहाँ
दीन दु:खी असायकै, गास निल्नेहरू छन यहाँ
कस्तो निती नियम गणतान्त्रीक नया नेपालमा
आफ्नै पेट भर्नलाई, मात्र भिड्नेहरू छन यहाँ !!

अब त हामी नेपालीले, त्यस्ता नीतिहरु फ्याक्नु छ
कामै नलाग्ने ती कागजी, नियमहरु सारा च्यात्नु छ
न्याय पाउँ भन्दा जनताले,सिधै गोलि पाउँछन भने त
कामै नलाग्ने देशको त्यो,विधानका खुट्टा काट्नु छ

मेरो शहरमा आज चेलीको, अस्मिता लुटिएको छ
न्याय माग्न जादाँ यहाँ,पीडित नै उल्टै कुटिएको छ
यो कस्तो हो नीति नियम, मेरो देशको बुझ्नै कठिन
अपराधी खै भनेर भन्दा त,उल्टै जनता चुटिएको छ…

जो भए नी बलात्कारिलाई,जेल भित्र हालेकै बेश
अपराधी खै आजसम्म,अब त पाईला चालेकै बेश
न्याय माग्दा छातीमा,गोलि ठोक्छ भने सरकार
केई काम लाग्दैन यो,देशको विधान फालेकै बेश

मान्छे रहेन मान्छे भए, कुलङ्गार अचम्म छ
कुन्नी खै कता हरायो, सदाचार अचम्म छ
विसङ्गती मौलायो आज,यत्र तत्र जहाँ पनि
आफन्तबाटै छोरी चेली,बलात्कार अचम्म छ ।।

करन बिवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.