मुक्तक

Prakash, Basnet, Gafadi, प्रकाश बस्नेत गफाडी, pallawa, पल्लव

प्रकाश बस्नेत गफाडी

र्वर बनाउछु बन्जर हुँनदिन्न यो माटोलाई
वैरी आई टेक्न खोजे छुनदिन्न यो माटोलाई
जन्में यहिं मर्छु यहिं यहि माटोलाई हँसाउछु
रुनु परे रुन्छु आफैं रुनदिन्न यो माटोलाई ॥

कसैको तालु नाङ्गो देखेपनि हाँसोउठ्छ
कसैको दैलो उदाङ्गो देखेपनि हाँसोउठ्छ
एउटा यस्तो समय पनि आउँछ जिन्दगीमा
कुकुरको पुच्छर बाङ्गो देखेपनि हाँसोउठ्छ ॥

 

कसिङ्गर भै आँखामा पर्दिन्छु अनि थाहा हुन्छ
सर्बत्र सम्बन्धको पर्चा छर्दिन्छु अनि थाहा हुन्छ
मेरो चोखो मायालाई लत्याउँन खोज्यौ भने
मोहियानी हक दाबी गर्दिन्छु अनि थाहा हुन्छ ॥

कोहि दिनसँग दाज्छन् कोहि रातसँग दाज्छन्
कोहि बिश्वाससँग दाज्छन् कोहि घातसँग दाज्छन्
फरक फरक हुन्छ परिभाषा जिन्दगिको
कोहि फूलसँग दाज्छन् कोहि पातसँग दाज्छन् ॥

पिङ खेल्दा चहचह गरे पो त मजा हुन्छ
माया पनि तहतह गरे पो त मजा हुन्छ
फूल्नु फल्नु मात्रै पनि शोभा हुन्न बगैचामा
फलेपछि लहलह गरे पो त मजा हुन्छ ॥

अध्यारोका बिरूद्द स्वयम जल्दिन सक्छु
हर क्षेत्रमा द्रुत गतिले चल्दिन सक्छु
सात दिन मात्रै सत्ता चलाउन पाए भने मैले
कसम ! सिङ्गो देशलाइ बदल्दिन सक्छु ॥

रगतकै किन नहोस होलि जात्रा नि देखियो
बुद्द जन्मेको मुलुकमा गोलि जात्रा नि देखियो
बाँच्नु मात्रै पर्दछ अनेक देख्न पाईन्छ याहाँ
पेट मिचिमिची हाँस्न ओलि जात्रा नि देखियो ॥

गरिबी र गरिब माथि प्रहारै प्रहार छ
उभिने ठाँउ कतै छैन खुकुरिको धार छ
परिस्थितिले अचेल यस्तो सिकायो हजुर
न यो कुनै देश हो न याहाँ कुनै सर्कार छ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.