तिलकराम पोख्रेल का जोर कविता

Teelakram, Ko, Hein, Pokhrel, तिलकराम पोख्रेल, oallawa, पल्लव

तिलकराम पोख्रेल

१) कालो प्रकाश
चाहनाहरू पुरा गर्न
आकाशलाई खनेर हेरें
कोपारेर हेरें
च्यातेर हेरें
टुक्राएर
कतै मेरो इच्छा पुरा गर्ने तारा भेटीएला भन्दै
तर आकाशलाई चोट बाहेक
मेरो कुनै रहर पुरा भएन……..

वायुको काखमा
केही क्षण निदाएर हेरें
कतै मैंले देखेको सपनाले
मलाई फेरी देख्छकी–

 


भेट्छ की
तर निद्रा पुरा हुनु बाहेक
मेरो कुनै सपनाको जन्म हुन सकेन

जुनेली रातमा
पाक्नलागेको जून देखेर
आफू भोको भएको आभाष गरें
कल्चौडामा थापि हेरें जूनको बिम्ब
र पिएको थिएँ मजासँग
तर प्यास बढ्नु अलवा
मेरो कुनै भोकलाई तृप्त गराउन सकेन…

अविभाज्य मनलाई विभाजन गरेर
सबैकुराको जासूस गर्न लगाउँछु
त्यस्मा म बाहेक अन्य विषय
हराएको देखें …..
नखोजेको हैन……
तर भेटेको थिन…. आफ्ना
चौतर्फी विभाजन भएका मनहरूको लक्ष्य

र त आजकल मलाई
कालो प्रकाश अति मन पर्छ
ऊसँग कुनै आकार छैन
र कुनै साकार पनि छैन
ऊ आफैमा छ जे छ
ऊ आफैमा छ जसरी छ
ऊ …… ……

२) विकल्प
घुम्टो ओढेका सपनाहरू
बजारमा मुस्कुराएर
डुल्दै थिए……

सपना बोकेका पाइलाहरू
बगैंचामा थाकेर पनि
उड्दै थिए……

प्यासी आँखाहरू
चाहनाको ज्वालोमा
दनदनी जल्दै थिए……

तपतप चुहेका
पसीनाहरूलाई
अँगाल्दै ……
उडेको छ चरी
विकल्प हीन…
विकल्प खोज्न
सपनाको आकाशमा

– तिलकराम पोख्रेल,
म्यन्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.