छिरिङ शेर्पा अविरलका चार गजल

Chhiring,, Sherpa Abiral ,छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

१) गजल
जनता मारमा छन सरकार कर बढे पछि
मन तरबारमा छन सरकार डर बढे पछि

सबैको पहिचानले जन्मायो है संघीयता
लौ खबरदारमा छन सरकार थर बढे पछि !

सुबिधाले तान्यो सबै शहरमुखी भए अचेल
गाउँघर हारमा छन सरकार शहर बढे पछि !

 

आप्नैलाइ बटुलेर मात्रै खुवाउछौ कति यहाँ
गरीब झारमा छन सरकार बेरोजगार बढे पछि !

शहर डुबानमा छन हरेक भेलहरुमा यहाँ
खोला नहरमा छन सरकार घर बढे पछि !

२) गजल
हाम्रो देशमा थर्काउनेको यहाँ कुनै कमी छैन
निर्दोष छाती चर्काउनेको यहाँ कुनै कमी छैन

सम्मुनत र उन्नतिका कुरा मात्रै गर्छन यहाँ !
भेट्न् जादा फर्काउनेको यहाँ कुनै कमी छैन

मेलमिलापको नीति लिदै सबै मिलौ भन्छ तर
नुनमा चुक छर्काउनेको यहाँ कुनै कमी छैन

जसलाई हेर्यो सबै उस्तै कसलाई के भन्नु छ र ?
ब्यार्थै चुल्ठो लर्काउनेको यहाँ कुनै कमी छैन !

सोझा सिधा जनताहरु सबैको भर पर्छन तर
भेडा बनाई खर्काउनेको यहाँ कुनै कमी छैन ।

३) गजल
तिम्रै यादमा बन्छ गजल नलेखेर के भयो र ?
जिन्दगी यो रहेछ पजल नखेलेर के भयो र ?

क्षितिज पारी हेर्छु सधै इन्द्रेणीमा तिम्रै तस्बिर
मनमा सधै हुन्छ हलचल नदेखेर के भयो र ?

गोरेटोमा देख्छु तिमी सिरेटोमा लेख्छु तिमी
दुखाई पनि भुल्छु हर पल नसेकेर के भयो र ?

प्रत्येक पल सम्झनामा भुलाउछु मन तरेलीमा
आगनमा छ तिम्रै छलफल नटेकेर के भयो र ?

सपनामा सधै आउछौ अनि निदाउछौ परेलीमा
सम्झनामा बग्छौ कलकल नभेटेर के भयो र ?

४) गजल
तिमी आउछौ कि भनी कुरेर बसे
चौतारीमा उहीँ निशानी पुरेर बसे

पर्खाईका पिडाहरुमा तिम्रै यादमा
नयाँ सृजनाका शब्दहरु फुरेर बसे

जुनेलो रातमा सम्झना कै साथमा
क्यालेन्डरमा कति साईत जुरेर बसे

हावाका झोक्काहरु सङ्ग रिसाउदै
मैले जान्य छु भनी आफै सुरेर बसे

रीस भित्र पनि मायालु पल मिसाउदै
मनमा लिएको झिनो आश तुरेर बसे ।

छिरिङ शेर्पा अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.