निरंकुश र दासीयुग

Chhabi, Kiran, Oli,छविकिरण ओली,pallawa, पल्लव

छविकिरण ओली

क्रूरतार बर्बरताले परकाष्टको
बुई चढे पछि
खोसिएको हो तिम्रो आदिबासी सत्ता
अनि
पड्किएको हो बुद्धको आँगनमा
बम बारुज र बन्दुक
ऐ मालिक
तेरो दासत्ताले चपाएका
गरिबीका अनुहारमा
कालो मोसोले कति पोतिस

न्यायको अर्धमूर्छित आवाजमा कति
लगाईस लगाम–

 


अनि
सिंहासनमा आसन गरिस्
शिरमा मुटुट राखेर॥

पोल्टा भरि घामको लाली पस्केर
निदाउने सुमेरु पर्वतका भित्ताहरूमा
मुस्कुराई रहेको लाली गुराँस झै
जलजलमा निरंकुशताले
निलेका काँचा अनुहारको ईतिहास
लाग्छ कालो पर्दा भित्र
सहिद दिवस मनाईरहेको छ
कर्णालीमा भोकमरीको
मसाल नहिडोस
प्रभात पर्खिरहेको
कुरुप बस्तीमा॥

अब सयौँ माया देवि
जन्मिनु पर्छ याहाँ र
मुक्तीको आवाज घन्किनु पर्छ
अन्याय पिडीत
प्रजाको मुख बाट
ढुङ्गा कुदेर मुर्ती बनाउछ कालीगढ
अनि दु:ख बिसाउन
गुम्बा चर्च मन्दिर छिर्छ
जब बाढी पस्छ
ती अधमरा गाउँमा
मलाई थाहा छ
म मेरो होईन
तर पनि बाँचिरहेछु लालचमा
यहि अनाथ जूनघामको वात्सल्य ओडेर॥

बाँच्नेहरू त स्वतन्त्र बाँचेकै छन
मर्नेहरू त निरंकुशले
रात भरि कोर्रा लगाउदै मर्छन
शिरमा मृत्यु राखेर
दौडिरहन्छन युगका सिपाही
तर पखाल्दैनन् खाँडो
टिस्टाको टापुमा

सान लाउदैनन् सिरुपातेमा
टुलटुलु हेरिरहे
कार्गिलका भित्ताहरू मिचिदा
तर पनि हामी गौरव गछौँ
वीर गोर्खालीको॥

बरु चकोर बोल्दछ
चोमोलुङ्माको शिरमा
ऐ साथी
मुग्लान छोडेर आऊ
नेपाल आमाको काख खोजिरहेको छ
तिमीलाई
सेतो केशको झण्डा फहराईरहेकी
बूढी आमा पर्खिरहेकी छन तिमीलाई
बरु जलौँला
घरेलु खाँडीको कात्रोमा
श्रीखण्डको चिता बनाएर
यहि हो
जननी जन्म भूमी स्वार्ग दपी गरियसी
निर्भीक भई बाँच्न सकौँ
आऊ साथी आऊ
त्यो कोलाहल पुर्ण सहरमा
मुस्कुराहट साटेर नबस
गुलामी मुलुकमा॥

झरी पर्खिरहेको आजित बेसीमा
परिश्रमको वीज रोपेर
कफन भित्र बुद्ध खोजौ
संबेदनाको धरातलमा
रक्तरंजित भूगोलमा
एकताको माला उनौ
र जोगाएर राखौँ
भातृत्व सूर्य चन्दाङ्कित
झण्डाको फेर मुनी
फुपु छिन्ताङ दुखे पनि
हाँस्नु पर्छ
कहिल्यै नदुखोस
वीर गोर्खालीको छाती
बिर्ता नघन्काउन दासत्ताको
जल्लादहरूले
ढुङ्गे देउरालीमा
घन्कियोस
शान्तिको धुन
विश्रृङ्खलको मसाल
नहिडोस
यि नागवेली बाटाहरूमा
बुद्वम् शरणम गच्छामा॥

छवि किरण ओली
बिर्तामोड न.पा.– ३, सैनिकमोड झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.