श्रीपति कुलगौरव

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

लोकनाथ महापूज्य हुन् श्रुतिधर वाक् मणि
रेश्मिराज तपस्वी र लाटोसाथी शिरोमणि ।
दुर्गाप्रसाद ज्ञाता हुन् काव्यमर्मी सुधाकर
प्रसादी कुलको मात्र त्याग मेरो कहाँ छ र ?१

अर्याल कुलको वंश अर्जै हो मूल थात्थलो
गुल्मेली मर्भुङे पुर्खा श्रीपति घरको बलो ।
खाँबो गाडेर सत्यार्थ लोककल्याणमा सदा
गीताकै दर्शना पुज्ने कर्मशील सु- सर्वदा ।।२

 

श्रीपति भगवन् भक्त देवी हुन् इष्ट मालिका
चुरामणि त वैरागी योगीदास जगत् भला ।
वंश चल्दै गयो योग्य पुस्तौंपुस्ता निरन्तर
पण्डित ज्योतिषी नामी योगीदास धुरन्धर ।।३

जन्मे मुकुट झैं उच्च बस्ती हो अमरालय
उनैका पुत्ररत्न हुन् कुलमा जनमेजय ।
शास्त्रार्थ गर्दथे दिव्य आफैँ देवकिनन्दन
विद्वान उनको ख्याति चल्दथ्यो अभिनन्दन ।।४

कुलदीप थिए योग्य रत्नेश्वर महाऋषि
जादू झैं लाग्दथ्यो विद्या चक्रपाणि त ज्योतिषी ।
दाजु रत्नतिर जन्मे हुलाली वंशका थिति
कुञ्जरमणिको ख्याति पुराणका सरस्वती ।।५

छन्दः अनुष्टूप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.