चिरञ्जीवि ढकालका दुइ टुक्रा

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

१) “के हुन्छ जान?”
पाउने नहस्क, गुमाउने नझस्क!
बिचरा जनतालाई,पारी चसक्क!!
दिएकाछन मान,पाएकाछौ सान!
बदलिए भाव अनि,के हुन्छ जान?

नबन दैंत्य बरु,सक्छौ बन काली!
बदलेर रुप, नबनी देऊ जाली!!
फोडी देऊ ताला,खोली देउन ढोका!
छरिन देऊ बरु, पवनको झोका!!

 

रवी पु-याउ तिमी ,सबको घरमा!
नपु-याए कविले,पु-याउछन् धर्म!!
नठानी देऊ कोही,आफु मात्रै जिउँ!
जति छ आमाको दूध,मिलेर पिउँ!!

धेरै खाए गुण नि, भईदिन्छ तितो!
नदेऊ हुन त्यो ,गुणलाई नमिठो!!
फालेर सबको, मन भित्रको ढुसी!
बनाऊ सबलाई, दिल बाटै खुसी!!

पाउने नहस्क, गुमाउने नझस्क!
बिचरा जनतालाई ,पारी चसक्क!!
दिएकाछन मान,पाएकाछौ सान!
बदलिए भाव अनि,के हुन्छ जान?

२) “छाती बन्यो चट्टान झैँ”
छाती बन्यो चट्टान झैँ ,आँखा बन्यो भेरी!
मन भित्र सम्झना चैँ, बाँची रह्यो फेरी!!

चोखो थियो प्रित हाम्रो ,मूलको पानी जस्तो!
मानेकै थ्यो उस्ले पनि, मलाई रानी जस्तो!!
त्यै प्रितमा नजर कस्को, भयो कुन्नि टेडी?
टोलाएर बसेकी छु, दैव को खेल हेरी!!

छाती बन्यो चट्टान झैँ,आँखा बन्यो भेरी !
मन भित्र सम्झना चैँ, बाँची रह्यो फेरि!!

के हेरे थ्यो भगवानले, हिजो दिदा खेरी?
दिए पछि बिच बाटोमै,खोस्यो किन फेरी?
सागर जस्तो बग्ने मायाँ,भंगालो भै कट्यो!
हेर्दाहेर्दै मूल बाटोमा ,ह्वात्तै पानी घट्यो!!

छाती बन्यो चट्टान झैँ,आँखा बन्यो भेरी!
मन भित्र सम्झना चैँ,बाँची रह्यो फेरि!!

रुखो सुखो बगर भयो ,जिन्दगीको पाटो!
जीवन भरी आँसु पाएँ, सिन्दुरको साटो!!
अप्ठ्यारोभो बाँच्न अब,साईनो मात्रै हेरी!
आउने आशा छैन उनी, भन्दै अब मेरी!!

छाती बन्यो चट्टान झैँ ,आँखा बन्यो भेरी!
मन भित्र सम्झना चैँ, बाँची रह्यो फेरि!!

ने ग उ म न पा-२०
राँझा एयरपोर्ट बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.