तीज विशेष गीत

Ramhari, Shrestha,रामहरि श्रेष्ठ, pallawa, पल्लव

रामहरि श्रेष्ठ

केही माइत जान्छन् गहनाले धपक्कै
कोही जान्छन् आँशु पुछ्दै पुछ्दै बरिलै

महिना दिन अघिदेखि दर खान थालेर
फजुल खर्च नगरौं न तीजमा बरिलै
केही माइत जान्छन् गहनाले धपक्कै
कोही जान्छन् आँशु पुछ्दै पुछ्दै बरिलै

गहना र गुरियाको होडबजी गरनी
त्याग्नुपर्छ आडम्बरी चलन बरिलै
केही माइत जान्छन् गहनाले धपक्कै
कोही जान्छन् आँशु पुछ्दै पुछ्दै बरिलै

 

माइती नै नभएका दु:खि चेलीहरूको
कति मन रुन्छहोला तीजमा बरिलै
केही माइत जान्छन् गहनाले धपक्कै
कोही जान्छन् आँशु पुछ्दै पुछ्दै बरिलै

मितब्ययी बन चेली मन खुसी पारेर
मनोरन्जन गरौं तीजमा सबले बरिलै
केही माइत जान्छन् गहनाले धपक्कै
कोही जान्छन् आँशु पुछ्दै पुछ्दै बरिलै

रामहरि श्रेष्ठ, नारायणगढ, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.