मोहन राज खनाल का ताङ्काहरू

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

विह्वल मन
आततायी चक्कर
टाउको माथी
सपना फल्न दिन्न
विपना चल्न दिन्न ।

आघात मन
जीवन अत्याचार
रावण जन्मो
घर घर समस्या
मठ सम्म हमला।

 

नष्टता बुद्धिः
चार जिव्रे सर्पिणी
मन खाएकी
आकार यमराज
नियम उल्कापात।

दलाली मन
धर्म कर्म विमुख
भट्टि खानमा
रात्रिचर अभाग
मातृभाव अभाव।

ग्रह बिग्रन्छ
मुखमा राम राम
बगली छुरा
झम्ममा अपवाद
झोंकमा अपयश।

कुकुर भुक्छ
रात विलाप गर्दै
अन्ध विस्वास
मनमा राप ताप
वनमा बाघ भालु।

निसाच चर्छ
रात पिसाच बन्दै
मुख्य दष्युता
बिचार काँचो खल्लो
बिकार सातो खाको ।

समस्या बड्छ
समाधान अधुरो
थोत्रो सोचाई
विकाश पग बाङ्गो
विनास मन भाको ।

शिवाय राम
सारथी असमर्थ
पारमी भ्रष्ट
गुण पनि असय्य
युग सिङ्गै समय।

काफिय नाग
फेला कृष्ण तमाम
समय आफ्नु
विषय अर्को थप्यो
नियम चर्को खप्यो।

दीन हिनता
समय चर्के घाम
विटुलो दिन
हृदय बटारिने
समय लतारिने ।

जाति विजाति
रङ्ग विरङ्ग फूल
एउटै बाग
हिना मिना समस्या
छिया छिया भ्रमरा।

आह्रिसे मन
आसुरी बल छल
सदा कलमा
राक्षसी भाव म्लेच्छ
मनको साथ खेल्छ ।

सानु चित्तमा
आकाश उड्ने मन
भाव अलग
तिर्खाएको समय
मिल्काएको सहज ।

चासो अर्कैमा
रासो बासो समस्या
बिहान उठ्दा
अष्पस्ट निकायमा
अनिष्ट सिकायत।

– मोहन राज खनाल,
म्यान्मार, बर्मा ।

One thought on “मोहन राज खनाल का ताङ्काहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.