जीवन योगि “विपना” का पाँच मुक्तकः

Bipana, Yogee, Yogi,  विपना योगी, pallawa, पल्लव

विपना योगी

जसले सृष्टि रच्यो अनि यहाँ जगत बनायो
जिवात्मा बाँच्ने जुक्ति धड्कन र रगत बनायो
वाउ जिन्दगी भनी उमङ्ग साट्दै गर्दा आफन्त लुट्यो
प्रफुल्लित माहोलमा तुफान ल्याई फगत बनायो !

बाँझो भयो पाखा वारि, बाका सुस्केरा छुड्दैछ्न
जेठा कान्छा मनग्य धन कमाउन खांडी उड्दैछ्न
फेरि,सपना बोकि जिउ दाउमै राखी लागे प्रदेशि
विवासता है कौडिमै नेपालीका पसिना लुट्दैछ्न

 

आमा पटुकी कस्न तयार छ्न तर छोरो सकुसल आओस्
घरबारी बन्धक गर्न तयार छ्न बा चाहे साहु खेबीनै लाओस
गुहार दे सरकार ताकि खाँडिबाट लास होईन सासै फिरुन
मैमानका खर्चको केहीअंश दूतावास कुर्ने युवालाई जाओस् !

जिन्दगी सधैं जिन्दगी जस्तै भएन भने
आफ्नो मानेकै आफ्नो जस्तै रहेन भने
बेकार भन्छन् जीवन यहाँ आखिर किन
मन भित्रकै आफन्तले आफु सहेन भने ??

तिमि साथ हुदा जीवन भरिपुर्ण लाग्छ
अतीत अनि भबिस्य नै परिपुर्ण लाग्छ
के बित्यो अझै के भोग्ने त्यो प्रबाह नै छैन
बस मेरो संसार यो तिमिमै सम्पुर्ण लाग्छ !!!

– जीवन योगि “विपना”
कोहलपुर, बाँके

One thought on “जीवन योगि “विपना” का पाँच मुक्तकः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.