बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

छ माटो पियारो चलेको छ मान्छे
मितेरी लगाई फलेको छ मान्छे

सधैँ यो त ढाक्ने लगाएर खेती
र कामै गरेरै गलेको छ मान्छे

सधैँ प्रेम गर्ने बसेरै धरामा
धरा मा त आत्मा जलेको छ मान्छे

 

भरै यो कसैको नपाएर साथी
फुलेको किसानी ढलेको छ मान्छे

अरू लाई माटो बहाली दिएरै
जुठो गाँस माग्दै पलेको छ मान्छे

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन्, ।ऽऽ X ४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.