बहरबद्ध गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

वितेको कहानी यहाँ याद आयो
सुनौलो बिहानी यहाँ याद आयो

न मानेर झर्को सधै काममा नै
दुखेको परानी यहाँ याद आयो

बचाएर राखे टुटेका सितारा
दिएको निसानी यहाँ याद आयो

 

न मागे न चोरे बगाए पसीना
र आफ्नै सिरानी यहाँ याद आयो

हजारै उकाली हिडेको त बेला
बितेको जवानी यहाँ याद आयो

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्र ः फऊलुन् × ४ (।ऽऽ × ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.