‘मेरो प्राकृतिक डिम्पल’

Ambika, Aryal, अम्बिका अर्याल, pallawa, पल्लव

अम्बिका अर्याल

मेरो डिम्पलको पासोमा नपर तिमी
डिम्पलको खाल्डोको शक्ति कति छ
डुबेपछि उत्रनै नसकौला
प्यास मेटाउने मात्र होइन
अमन होला
तिमीलाई थाहा छ नि
डुबेकालाई उतार्ने होइनन्
शिखरमा पुगेकालाई पछार्ने पाइन्छन् यहाँ
झिना मसपना पासामा परेर
जीवन बर्बाद नपार
मैले भनिन र बारम्बार
तर तिमी
यही खाल्डोमा जाकियौ रे
मलाई दोष दिँदै हिँड्छौ रे
अनि त्यही डिम्पलको जालमा पारी भन्दै
मलाई सराप्दै हिँड्छौ रे
बेलामा सजग हुनु भनेकै होइन र?

 


तिम्रो पागलपनको दोष
डिम्पललाई नबनाऊ
अर्को पनि थाहा हुनुपर्ने तिमीलाई
आफूले चाहेका हरेक कुरा आफ्नै बनाउन
कसले पाएको छ र यो दुनियाँमा
जे होस् मेरो कुरा सुनेर
तिमीलाई पक्कै
रिस नउठ्ला भन्न सक्दिनँ
तर
यति प्रार्थना गर्न त सक्छु कि
तिमीलाई फसाउन मैले
आफै बनाएको होइन यो
सोध नपत्याए तिम्रा विश्वासीलाई
टेस्ट गर प्रयोगशालामा
कसम, डिम्पल प्राकृतिक हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.