शिवा कार्की का जोर गजलः

Shiva, Karki, शिवा कार्की, pallawa, पल्लव

शिवा कार्की

१) गजल…
संध्यामा भेटर उस्लाई फर्किए विहानी हुँदै,
यामले चुमेका औँला एकमिठो निशानी हुँदै !

पवित्र नदिको छेउमा बनेका किनाराहरू,
सम्झना बोकेर बगेँ, अनौठो कहानी हुँदै !

अनन्त यात्रा हो, जीवन रोकेर रोकिन्न रै’छ,
भिजेका परेलिहरू रूझेका सिरानी हुदै !!

 

विदाईका हात हल्लिँदा, माइतीको आगनीमा
बोकेर मनमा भारी फर्की ‘शिवा’ विरानी हुँदै ।।

२) गजल…
यी आँखाका परेलीमा कैले छायौ साथी ?
सम्झनाका तरेलीमा पछि आयौ साथी ?

समय कट्दा ओइलीए रहरहरू
मेरै यो मुल बाटोमा किन धायौ साथी ?

हुरीले नी भत्काउँ छ कल्पनाका महल
चाँदीमाथि सुनको जलप ब्यर्थ लायौ साथी ?

म बस्छु दूर दराजमा नसम्झे हुन्छ
अनाहकमा सम्झिएर के नै पायौ साथी ?

‘शिवा’ भन्थी शहर भन्दा सुर्खेत राम्रो
सन्दर सुर्खेत जाँदा केके खायौ साथी ??

शिवा कार्की
काठमाडौँ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.