फक्रदै गरेका नाबालक बचेराहरू
डोका भरि स्वर्णिम युगको
गह्रौ भारी बोकेर
जिन्दगी रुपि घाउँ भरि
आत्मियताको मलम लाउदै
तछाड मछाड गदै ।
पत्थरहरूको बगैचामा दौडिरहेका थिए
खेलिरहेका थिएपत्थरको तिखा नजरबाट
ईश्याका बाछिटाबाट लुकामारि खेल्दै हिडेका ती बचेराहरू
निलाम्य भएर खसेको एउटा कुरूप पत्थरसगै ठोकिन्छ
र चिच्याउदै मुछित भएर पछारिन्छ ।
त्यहि पत्थरको धुलाम्य बगैंचामा
पत्रपत्र भएर छरिन्छ
अनि छरिन्छ रगतका बाछिटाहरू
झर्छ टुक्रा-टुक्रा भएर माशंपेशीहरू
माशंपेशी बटुल्दै गरेका एक हुल बचेराहरू
समुन्द्र बगाएर आँसुको
तर्पण दिदै भरेर कलशमा
मलामी हिडिरहेछन्
एक हुल बचेराहरू ।।
® प्रीती अर्याल
