१) केही नबोलेर . . . . .
केही नबोलेर पनि धेरै बोले झै लाग्छ
मौनतामा चुपचाप दिल खोले झै लाग्छ ।
के बयान गरौ मेरो शब्दहरू मौन छन
डयरीका पाना भित्रका अक्षर मौन छन
नहेरी नहेरी पनि पल पल हेरे झै लाग्छ
तस्बिर तिम्रो छाती भर सधै केरे झै लाग्छ
केही नबोलेर पनि …………………..!
बसन्तका पालुवा प्रेमिल छन हरियाली
फुलिरहनु तिमी सधै हुन्छु म तिम्रै माली
टाढा भएर पनि सधै सधै समीप झै लाग्छ
तिम्रो मुस्कान मेरो मनको दीप झै लाग्छ ।
मौनतामा चुपचाप धेरै बोले झै लाग्छ
नबोलेरै भए पनि मन खोले झै लाग्छ ।
२०७५/०४/२०
२) साउनको झरी….!
साउनको झरी भित्र त्यो मन कतै रुझ्यो भने
छाता ओढाई दिनु यता यो मन कतै बुझ्यो भने
आउ बसौ जिन्दगीको तिता मिठा कुरा गरौ
छाती भरी माया लेख्ने त्यही बाचा पूरा गरौ
पसिना भरी भरी सपनाको गीत लेख्दै हामी
नयन भरी भरी जिन्दगीको शीत देख्दै हामी
साउनको झरी……………………………….!
रङ्गिन हुना खोज्छ तस्बिर रंग बिना सादा भए
पूरा हुना खोज्छ यो मन तिमी बिना आधा भए
तिमी आधा म पनि आधा जिन्दगी यो पूरा गरौ
सपनाको रंग भर्दै भर्दै जिन्दगीभर कुरा गरौ !
साउनको झरी…………………………………!
अविरल मन
२०७५/०४/२४
