चुनुका सपना

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

साथीहरू मारिँदै गए
पक्रिने क्रमहरू बढ्दै गए
ठूलो आकारमा मारिए
इच्छुक र कलाकारहरू
ठान्यौ हामीले
शैलुङझैँ जितिसक्यौँ
संकुचित आचरणले
लडाईँ सिथिल हुँदै गयो
हामीमाथि विश्वास घट्दै गयो
दौँतरी भाव हुनैसकेन
आजसम्म !

 


मूर्दाहरूलाई थाहा छैन
घरकसरी चलिरहेछ
जीवनमा
लाल आँखाहरू
थकित छन् !
धमिरालेझैँ चुसेर
मान्छेका जीवनहरू
ऊ , सग्लो सामल भएको छ
फूलमायाका
पसिनाहरू पिइरहेछ
आँसुका ढिकाहरू
वारुदझैँ पड्कन तयार छन्
कविका कविताहरू ,चिरनिन्द्रामा छन्
एउटा यात्री
पीडाको सारङ्गी रेट्छ
मान्छेका मन दुखाएर
सारङ्गीका धुनहरू
कतिका मान्छेले बुझे बुझेनन्
काव्य आफैँ डराइरहेछ ।
रगतका नदीहरू खेर गइरहेछन्
विचारहरू पोल्दै
मान्छे अनियन्त्रीत भइरहेछ
इच्छुकका सपना विरुद्ध
छुट्टै छुट्टै टुक्रा टुक्राहरू
पहराहरू भत्काइरहेछन्
एक्लै हिँड्छु,सोच्छु
जीवनदान गर्नेहरूका
गीत गाउँन उठेको छु
कसले सुन्ने छ मेरा स्वरहरू
खोरमा भेडाबाख्राझैँ
चुनिएका प्रतिभाहरूका
जीवन गाथा कसले बोलिदिने
सबै आचारण ,सबै नैतिकता
स्पाती भञ्ज्याङ पर्खिरहेछ
लडाईँका निम्ति !
मृत्युका प्रकार धेरै छन्
पीडित, दुखित मान्छेहरूका
काव्य लेख्दा लेख्दै
खोर भित्रै मारिन्छ
पाखा पखेरा हँसाउन
पोल्टाभरि कविता लिएर हिँड्थ्यो
घण्टाघरको सुईझैँ
विद्रोही कवि !
नआऊ हाम्रो मैदानमा
इच्छुक बाँचिरहन्छ
बालुवाका पाइलाहरू
उनका नाम बिक्रि गरिरहेछन्
कैले कैले मन शिथिल हुन्छ
आँधीझैँ उग्रहुन्छन्
नाडीहरू !
जीवन्त इतिहासको पखाईमाछन्
इच्छुका कविताहरू
संगठनबाट पीडित एक युवक
चुनुको साथी , भएकोमा गर्व गर्छ
झन् झनन् मन पिरोलिन्छ
व्यवहार ,अव्यावहारिक
अझै अन्यौल
धमिराहरू संगठितबनेर
अघिअघि लम्किरहेछन्
फुर्तिसाथ भन्न सक्छु
विचारका झर्नाहरूलाई
एकएक अनुकरण गर्दै
पहिला पहिलाका कुराहरूले
स्पातीमैदानका गाथाहरू
तीब्र घोडाझैँ दगुर्छन्
म सम्झने गर्छु
तिनदशकका घटनाहरू
म, अघि बढीरहनु पर्ने छ
चुनुकै बाटो हिँड्दै
म कविता लेख्छु
युद्धका जोशिला संगीतहरूमा
उनीझैँ नाचीरहेकै हुने छु
ज्यूँदै जलिरहेका मान्छेका निम्ति
विद्रोहको आरन फुक्छु
चुनुकै घर
उनीमाथि अन्याय गरिरहेछन्
हाँस्छन् खिल्ली उडाउँछन्
संगठनका ,नायकहरू
सजिलै पचाउँदै
आफ्नो यात्रा हिँडीरहेकै छु
तरुलताहरूलाई, धितोराखेर
विप्लव देखेर पनि
मन शान्त छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.