मृग-तृष्णा

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

न हो सप्तैरंगी क्षितिजतलको इन्द्रधनु नै –
न वीणा हो मानौं शिशु-हृदयको दिव्य धुन नै,
न भित्री आकांक्षा मधुरतम आलोक छवि नै –
सितारा वा तारा चमचम छ मोती टलक नै ।
१.
कुनै जादू हो या विकल कविको काव्य बह त्यो-
न उर्लेको गंगा सदृश मनको भाव दह त्यो ,
न सन्ध्यामा लाग्ने रमझम नशा-भक्ति-रस त्यो-
न पग्लेको नौनीमय मृदुलता झैं सरस त्यो ।
२.

 


घटा हो वा कालो प्रकृति-वनिताको भृकुटि त्यो-
न वा हो बालाको चपल दृगको दीप्ति कण त्यो,
न यात्रा व्यामोही प्रकृतितिरको चारु छवि त्यो-
न मिस्रीको मीठो स्मृति-पटलको हो अमल त्यो ।
३.
न हो त्यो सल्केको कुरुचि-वनको अग्नि-जड़ता-
न हो त्यो थुप्रेको मयल तनको दम्भ-दृढ़ता ,
न हो त्यो फैलेको विकृतिमय जालो-कुटिलता-
न हो त्यो ढाकेको जन-गगनमा मेघ-कटुता ।

महात्माको नै हो दिलदिल छुने भाषण कला-
दुरात्माको नै हो छलकपटको औसर भला ,
लिई लिप्सा दौड़े पनि पर हुने भोग्य-विभव। –
अहो ! कस्तो कस्तो अगम मृग-तृष्णा छ गजब ।
५.
छन्द: शिखरिणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.