शम्भु गजुरेल का जोर कविता

Shanbhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव

शम्भु गजुरेल

१) चेली को ब्यथा
छिटो काल लैजा भन्दै रुन्छन चेली खाडिमा
तिज आयो भन्दै एता नाच्छन साडिमा
नारी हक पाउनु पर्छ भन्छन कुर्लिएर!
पार्टी प्यालेस तारे होटेल हिड्छन उर्लिएर

साहुले लुछ्ने साहुनी कुट्ने धान्न गार्‍हो भयो
आमा तिम्रो मुहार हेर्ने आशा मर्दै गयो
तिम्रै खातिर यो नरकलाइ स्वर्ग ठानी आए
भरपेट खाने लालचले ठूलो हन्डर पाए

 

महिला हक चाहियो भन्छन शरिया हरु
आफै मुहार सिङ्गार्नु छ केही चाहिदैन अरु
उनै हुन्छन शक्ति खेलमा दुखी भासिदा छन
बाध्यता ले शरीर लुटाइ अस्मत नासिदा छन

छिटको सारी लाउने हरु सिङ्गार ढकमक्क
भाषण चर्को नारी जातलाइ पार्दै अकमक्क
बिदेशमा दासि सरि नारी रोइरहेछन
आँसु भेलमा कर्म सम्झी जीवन् धोइरहेछन

किन धोक्छौ व्हिस्की बियर तिज आउनु पैले
बेचिएका चेलीबेटीलाइ बचाइदेउ ऐले
जीवन मरण दोसाँधमा छट्पटी ने लाई
बाच्ने हक दिलाइदेउ न तिनी चेलिलाइ

२) नारी हु म
कठिन छ मलाइ जिउन याहा
प्रत्येक पाइलामा पकडन्डी छ
काडेतारको घेरो मा नजरबन्द छु
हरपल अकल्पनीय प्रहार को भयमा
कम्पित छ मेरो यो नाजुक देह
जति नै बलवान् बन्ने कोसिस गरौ
निडरता को अभिनय मा डुबौ
क्रूर निर्दयी राक्षस को बर्बरता ले
मौन बनाइदिन्छ मलाइ
किन कि अबला पारिएकी
आफन्त बाट मारिएकी
नारी हु म!

मेरा हिडाइ मा कामुकता देख्ने
मेरा हेराइ मा अश्लीलता बुझ्ने
प्रत्येक अङ्ग मा बैशको उन्माद
खोज्ने पिचास पुरुषत्व ले
बाटो भरी गिजोली रहन्छ
सडक पारी बाट
निधार लाई काल्पनिक चुम्छ
गालामा स्याउको रस खोज्छ
आखामा कामुकता देख्छ
प्रत्येक अङ्ग मा यौन तृप्ती को
अपार खजाना खोजी रहन्छ
मानौ म एक खेलौना हु
पिपासु ब्वासा हरुको मनोरंजन
कुरुप उतेजना को क्षण
झम्टिएर चिथोर्ने एक फल सरि
कारुणिक मझधार मा हिड्न बाध्य
जिवित तर !
पलपल मर्दै गरेकी
नारी हु म!

स्याबासी दिने निहुमा
गाला मुसार्ने शिक्षक
सजाय को नाउमा नितम्ब
चिमोट्ने गुरु
सहयोग को नौटङ्की मा
संबेदनसिल अङ्ग खेलाउन आतुर
छद्म भेषी मित्र भनाउदा हरु
हरेक को मुखबाट निस्किने भन्दा
चालिने कदम बाट सदैब बलात्कृत
भै रहनु पर्ने नियती हो
किन कि जबर्जस्ति अबला
कहलिएकी नारी हु म!

सामान को व्यापार खातिर
लगौटी र बोटिस भिराएर
मेरो अस्मिता लाई द्रव्य सग साट्ने
मानवीयता हिन भौतिक
धनाढ्य हरु को
चीत्कार पुर्ण सजावट को झोक
बनिदिनु नियती छ
कर्म लाई गौण ठानी
छालाको किनबेच गर्ने शौकिन
हरु बाट मानसिक रुपमा
हमेशा बलात्कृत हुने
नारी हु म!

नछोइ देह लुट्ने को बथान छ
घर भित्र देखि मन्दिर सम्म
बाटो देखि महल सम्म
खेतदेखी कार्यालय सम्म
कदम कदम लुटिनु परेको छ
किन कि ब्राह्मघाती यौन पिपासु को
हवस को मातले
अबोध पारिएकी
नारी हु म

हुल का हुल नरपिचास हरु
गिद्दे दृष्टि बोकि
जम्बु नङ्ग्रा ले हर्दम चिथोर्छन
मेरो शरीर
हजारौं पटक मारेर
निर्जिव लास पारीदिन्छन
अनि फोस्रो रुवाइ मा
मेरो बेदना को व्यापार गर्छन
किन कि केवल मनोरंजन दिदै
जीवन् उत्पादन गर्ने
सनक चढेको सन्की को
थिचाइ सहन बाध्य पारिएकी
नारी हु म!

शम्भु गजुरेल
बेलकोटगढी ९
नलगाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.