गजल

Radha, Bhattarai, राधा भट्टरार्इ, pallawa, पल्लव

राधा भट्टरार्इ

कैले लाग्छ मुटु झिकी उन्को हातमा दिउँ जस्तो !
लाग्छ फेरी बैगुनीको लागी किन खिउँ जस्तो !

बुझेर पनि अबुझ हुने निर्दयीको कस्तो बानी !
ब्यथा यति बढेछ कि जहर नै पिउँ जस्तो !!

सोच्दा सोच्दै के के सोच्छ दिमागले कैलेकाहीं !
उन्को याद आईरहने मन पनी सिउँ जस्तो !!

 

बलेसीको पानी फोका सरी रैछ उन्को माया !
असत्य त्यो छाँया बाट छुटकारा लिउँ जस्तो !!

खातै खात् छन् उनीसंग दोधारका कुराहरु !
भो चाहिन्न उन्को साथ लाग्छ एक्लै जीउँ जस्तो !

राधा भट्टरार्इ,
इटहरी ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.