लक्ष्मी अच्यूत ढुङ्गानाका केही मुक्तकहरूः

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

जहाँपुग्यो त्यही‌बस्यो घुमन्तेको घर हुँदैन
नभन्नुहोला तपार्इं घुमन्तेहरूको भर हुँदैन
सकिएन भन्दैमा अरुको आरिस गर्नु हुन्न
जरुरी पर्छ र पो नत्र घुम्न रहर हुँदैन ??

सद्भावको छ यात्रा, कोही बस्यौं अगाडि
चक्का भरि अडेको गुड्दैछ ठेल गाडी
यो जिन्दगी छ यस्तै गन्तव्य छैन टुंगो
गन्तव्यमा पुग्ने हो, पुग्छ कुनै पछाडि ।

 

हामी सबै हिंडेका गन्तव्य भेट्नलाई
सद्भावको हुन्छ तिर्खा प्यास मेट्नलाई
होलान् अझै अनेकौं यात्रा हुने समय
खुलाहुन्छ मार्ग सधैँ, हुन्न छेक्नलाई !

उत्साहको कुरा किन पर भाग्छ होला ?
जिन्गीका रित्ता हातले केके माग्या होला
गरि खाउँला जस्तोछैन सारै दिक्क लाग्छ
सानो काम्मा ठूलो याम किन लाग्या होला ?

तरङ्गमा बहेकि छैन मन आफैँ खोलेकी छु
खुल्ला दिलको भावनाले सबैसामु बोलेकी छु
समयका छालसँगै बगाउँदै छु आफैँलाई
जिन्दगीको सुखसयल मुटुभित्र घोलेकी छु ।।

कसैलाई मैले लेखेकोमा पीडा हुँदो रहेछ
कसैको मनभने व्यथित भएर रुँदो रहेछ
मेरा इनै मुक्तकहरू निकटको साथी हुँदा
कसैको मन भने अझै शब्दले छुँदो रहेछ ।।

लक्ष्मी अच्यूत ढुङ्गाना,
धरान, सुनसरी ।

One thought on “लक्ष्मी अच्यूत ढुङ्गानाका केही मुक्तकहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.